समाचार

विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ- राष्ट्रपति

काठमाडौँ, मंसिर २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ । उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन […]


च्याउ व्यवसायबाट मनग्य आम्दानी

रामपुर, पाल्पा, मंसिर २२ गते । रामपुरका कृषक बलबहादुर राना च्याउ व्यवसायबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । रानालाई यतिबेला च्याउ बिक्री गर्न भ्याइनभ्याइ छ । अहिले च्याउको याम भएकाले रानाको दैनिकी च्याउ बिक्री गर्दैमा बित्ने गरेको छ । “बजारमा च्याउको माग बढ्न थालेपछि कसरी पु¥याउने भन्ने चिन्ता छ, व्यवसाय विस्तार गरेको छु” उहाँले भन्नुभयो । […]


कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

काठमाडौं : पहिलो र दोस्रो चरणमा निर्वाचन भएका स्थान अन्तरगत हाल प्रतिनिधिसभातर्फ ५ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ भने प्रदेशसभातर्फ ९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको । प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार ३ स्थानमा विजयी भएका छन् भने १ स्थानमा माओावदीका उम्मेदवार र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रदेशसभातर्फ ४ स्थानमा एमालेका उम्मेदवार विजयी […]


लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ, मंसिर २२ गते ।जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो । यहाँस्थित जापानी राजदूतावासले आज अपराह्न एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी ढंगले सम्पन्न भएको जनाउँदै निर्वाचन परिणाम […]


पुनः सञ्चालनमा आयो चिलिमे जलविद्युत आयोजना

रसुवा, मंसिर २१ गते । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः सञ्चालनमा आएको छ । विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनः सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । विद्युत् सञ्चालनमा ल्याउन काठमाडौँबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । […]


वर्षा नहुँदा गहुँ छर्न समस्या

बैतडी, मंसिर २१ गते । आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहँु छर्न पाएका छैनन् । सिँचाइको सुविधा नभएको ठाउँका किसान आकाशे पानीको भर पर्नु परेको हो । जिल्लामा २० हजार ९०० हेक्टरमा गहुँ खेती गरिदै आएकोमा १० हजार ५०० हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जिल्ला कृषि विकास कार्यालयले […]


उद्योगी व्यवसायी भन्छन् : आर्थिक समृद्धिका लागि मतदान,लगानीका अवसरमा वृद्धि हुने विश्वास

काठमाडौँ , मंसिर २१ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ । प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग […]


त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

काठमाडौँ, मंसिर २० गते । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा तीर्थ खनियाँ बिहीबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । त्रिवि […]


नेपाल युएइसँग ७ विकेटले पराजित

काठमाडौं । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत सार्तौ चरणको पहिलो खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको छ । आबुधावीको शेख जायेद रंगशालामा बुधबार भएको खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएईले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । युएईको जितमा गुलाम सब्बिरले नटआउट ८१ रनको योगदान गरे । उनले १ […]


मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्दो

बैतडी, मंसिर १९ गते । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter