एक्सक्लुसिभ समाचार

तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ – प्रम ओली

रवीन्द्र काफ्ले / यासोक, फागुन ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू झण्डै ५० वर्षअघि […]


अबको परिवर्तित गन्तव्य समृद्धि हो-प्रधानमन्त्री

दीपक श्रेष्ठ / काठमाडौँ, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिवीबाट समृद्धितर्फको यात्रा थालनी भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले विकास र समृद्धिसम्बन्धी दृष्टिकोण संग्रहित आफ्नो पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक कार्यक्रममा भन्नुभयो, “निरंकुशताबाट लोकतन्त्रको यात्रा सम्पन्न भएको छ । अबको परिवर्तित गन्तव्य समृद्धि हो ।” उहाँले विकासको सामथ्र्यको रुपमा प्राकृतिक स्रोत साधन, […]


मर्मतका लागि कालीगण्डकी विद्युत्गृह बन्द

काठमाडौँ, फागुन ९ गते । देशको हालसम्मकै ठूलो अर्धजलाशयुक्त जलविद्युत् आयोजना मर्मतका लागि सोमबारसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरिरहेको कूल १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना मर्मतका लागि बन्द गरिएको हो । प्राधिकरणका अनुसार आयोजना तीन दिन बन्द हुनेछ । विद्युत्गृहको पहिलो युनिटको मुख्य इन्लेट भल्भबाट पानी चुहिएपछि बिहीबार […]


चक्रपथ दोस्रो खण्ड विस्तारको तयारी

सञ्चिता घिमिरे / काठमाडौँ, फागुन ८ गते । चक्रपथको कलङ्कीदेखि धोबीखोला (गोपीकृष्ण हल अगाडि) सम्मको सडक विस्तारका लागि आगामी महिनासम्ममा ‘साइट’ खाली गराउने गरी काम अघि बढिरहेको छ । यस खण्डमा अहिले सडकको अधिकार क्षेत्रमा रहेका संरचना हटाउने काम भइरहेको छ । सडक विस्तारका लागि झण्डै दुई हजार १०० रुख कटान भइसकेका छन् । बाफलमा […]


महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन

पूर्णप्रसाद मिश्र / काठमाडौं, फागुन ७ गते । यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी […]


कोरोनाको त्रास हटाउन र जनचेतना अभिवृद्धिकाे लागि घरदैलो अभियान

रमेश गिरी / भक्तपुर, फागुन ६ गते । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर […]


हेटौँडा – धुलिखेल विद्युतिय बस सञ्चालन हुने

हेटौँडा, फागुन ५ गते । वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ । आत्मनिर्भरता बढाउँदै समृद्धितर्फ जाने उद्देश्यका साथ प्रदेश सरकारले विद्युतिय बस सञ्चालन गर्न लागेको हो । प्रदेश सरकारले […]


अतिक्रमित जग्गामाथि लाग्यो यस्ताे बोर्ड – यो जग्गा नेपाल सरकारको हो

सविता शर्मा / काठमाडौ, फागुन ४ गते । सरकारले अतिक्रमित सरकारी जग्गा खोजी गरेर त्यसको स्वामित्व आफैसँग ल्याउने अभियान सुरु गरेसँगै सर्वसाधारणले थाहा पाउने गरी बोर्ड राख्न थालिएको छ । गतवर्ष आठवटामा गरेकोमा आज काठमाडौं महानगरपालिकाका तीन स्थानमा सरकार सार्वजनिक जग्गामा बोर्ड राखिएको हो ।यसरी बोर्डहरु कामनपा २९ वडा अनामगरमा १४ आना र मध्य वानेश्वरस्थित […]


यस वर्ष आधार, अर्को वर्षदेखि उपलब्धि हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ सहित)

काठमाडौँ, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने बताउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै उहाँले तत्कालिन वाम गठबन्धनका तर्फबाट भएका प्रतिवद्धता यहि सरकारले पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले […]


महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

काठमाडौँ, फागुन २ गते । महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter