
पाल्पा / फागुन २६ गते । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थाल्नुभएको छ । व्यावसायिकरुपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्नुहुन्छ । उहाँले डेढ […]

काठमाडौँ, फागुन २५ गते । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु-याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई […]

सिवी अधिकारी / काठमाडौँ, फागुन २४ गते । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर […]

सिबी अधिकारी / काठमाडौँ, फागुन २३ गते । विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो परियोजना विभिन्न समस्याका कारण गति लिन सकेको थिएन । यस कामका लागि सरकारले पुनः तदारुकता देखाएको छ […]

मुकुन्द गैरे / काठमाडौं फागुन २२ गते । बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् । नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत […]

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ । विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाे सबै सूचकाङ्कहरू राम्रो अवस्थामा रहेको समेत […]

प्रकाश सिलवाल / काठमाडौँ, फागुन २० गते । “नेपाली चिकित्सा क्षेत्रमा विश्वास राख्ने बा ! हजुरलाई मिर्गौला अङ्गदान गर्ने महान् नारी समीक्षा सङ्ग्रौलाप्रति उच्च सम्मान गर्दै सफल प्रत्यारोपणको शुभकामनासहित दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना…।” यु–टेक इञ्जिनीयरिङ कलेजका सागर पाठकले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफलताको कामनाका लागि देशका उच्चपदस्थदेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट […]

काठमाडौँ, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि आज साँझ ६ः१५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइपुग्नुभएको छ । सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा उहाँको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा.डा. दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ । प्रत्यारोपणपूर्व उहाँको […]

काठमाडौं, फागुन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो । राष्ट्रियसभा सदस्यमा […]

शेरबहादुर सार्की / बाजुरा, फागुन १२ गते । स्थानीय सरकार गठन भए सँगै तरकारी खेती पेशा अँगाल्दै आएका बुढीगङ्गा नगरपालिका –१० का वडा सदस्य भोलाराम जैशी अहिले वडा कै एक सफल उत्कृष्ट कृषकको रुपमा चिरपरिचित हुनुहुन्छ । जनप्रतिनिधि सदस्य जैशीले व्यवसायिकरुपमा बुढीगङ्गा नगरपालिका –१० को फुलोटमा कृषि व्यवासय सुरु गर्दै आउनु भएको छ । आफ्नै […]