
काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सागका लागि निर्धारित […]

काठमाडौं, मङ्सिर १६ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन १५ स्वर्ण जितेको छ । सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ । सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, […]

काठमाडौं, मङ्सिर १५ गते । १३ औं दक्षिण एसियाली खेलकुद(साग)को आज एक समारोहबीच उद्घाटन गरियाे। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्नुभएकाे थियाे । सो अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा पूर्व प्रधानमन्त्रीहरू लगायतका उच्च अधिकारीको उपस्थिति रहेको थियो । उद्घाटन सागको अन्य संस्करणभन्दा पृथक, भब्य हुने छ । […]

ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ । शनिबार महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरिएको बताइएको छ । चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ । कार्यक्रममा ललितपुर […]

सुरेशकुमार यादव / काठमाडौँ, मङ्सिर १३ गते । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र […]

काठमाडौँ, मङ्सिर १२ गते । सरकारले ‘भूमिसम्बन्धी एकीकृत विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । यही मङ्सिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भूमिमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर हुन भूमिसम्बन्धी एकीकृत विधेयक आवश्यक परेको हो । ” यही मङ्सिर ४ गते भएको […]

काठमाडौँ, मङ्सिर ११ गते । टुटल र पठाओलाई नरोक्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई नरोक्नका लागि निर्देशन दिएका हुन् । बुधबार भएको बैठकमा नेम्बाङले पठाओ र टुटल युवाको रोजाइमा परेकाले नरोक्नका लागि आदेश दिएको […]

काठमाडौं, मंसिर १० । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक मंगलबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाललाई तेस्रो मुलुकसँग व्यापार विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि बैठक सुरु भएको हो । जल मार्ग र थप नयाँ बन्दरगाह प्रयोगबारे सन्धिमा समावेश हुने विषयलाई बैठकले अन्तिम रुप दिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी […]

काठमाडौँ, मङ्सिर ९ गते । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो […]

भैरहवा, मड्सिर ७ गते । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले परम्परागत कृषि प्रणालीलाई तोड्नु नै आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभएको छ । कृषि क्षेत्र नै समाजवादको पहिलो खुड्किलो भएको र यसका लागि परम्परागत कृषिप्रणाली तोड्नैपर्ने उहाँले बताउनुभयो । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले शनिबार गौतमबुद्ध विमानस्थलमा आयोजना पत्रकार भेटघाटमा बोल्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको […]