एक्सक्लुसिभ समाचार

उत्कृष्टता शिक्षाले नभई व्यवहारले झल्काउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, मङ्सिर ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट मानिस भनेको पढाई मात्र नभई व्यवहारबाट हुने बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले शिक्षा लिने मात्र नभई व्यवहार पनि परिवर्तन गर्नुपर्ने बताए । ओलीले लैङ्गीक विभेद अन्त्यमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । दिक्षान्त […]


सन् २०४० सम्म नौ हजार मेगावाट विद्युत् लैजाने रणनीति छ: बंगलादेशी उर्जामन्त्री

काठमाडौँ, मङ्सिर ५ गते । सरकारले घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र ऊर्जाको बजार खोज्ने लक्ष्यका साथ आजदेखि ‘पावर समिट, २०१९’ शुरु भएको छ । स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)को प्रमुख आयोजना र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सहयोगमा शुरु भएको सम्मेलनमा नेपाल, भूटान, बङ्गलादेश, भारत, चीन, नर्वे, अष्ट्रियालगायतका […]


प्रचण्डलाई कार्यकारी अधिकार, ओलीलाई सरकारको सम्पूर्ण जिम्मेवारी

काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले भन्नुभयाे, अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुने छ […]


मास प्रिन्टरमा डाटाबेस मा सार्नका लागि आज र भोलि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नहुने

काठमाडौँ, मङ्सिर ३ गते । यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) मा रहेको तथ्याङ्क भण्डार (डाटाबेस) मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी […]


प्रधानमन्त्रीद्वारा माथिल्लो त्रिशूली थ्री ‘ए’ उद्घाटन

काठमाडौं, मङ्सीर २ गते । नेपाल बिद्युत प्राधिकरणले समयमै काम गर्न नसकेको भनेर आरोप खेप्दै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गर्नुभएको हो । गत चैतदेखि परीक्षणका रुपमा […]


विद्युत् खपत बढाउन ट्रान्सफर्मर थप्नेदेखि उपभोक्तालाई आग्रह गरिँदै

रमेश लम्साल / काठमाडौँ, मङ्सिर १ गते । तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण […]


नेपाली भूमिको रक्षा गर्न सक्षम छौँ : पराष्ट्रमन्त्री ज्ञवाली

पाल्पा, कात्तिक ३० गते । पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको पहिलो प्राथमिकता नेपाली भूमिको रक्षा गर्नु भएको बताउनुभएको छ । उहाँले नेपाली भूमि र नागरिकको रक्षा गर्न सरकार सक्षम स्पष्ट पार्नुभयो । पाल्पाको धुवल पुस्तकालयले आज आयोजना गरेको महाकवि नीलकण्ठ न्यौपानेद्वारा लिखित श्रम–साधना महाकाव्यको लोकापर्ण समारोहमा मन्त्री ज्ञवालीले तथ्य र प्रमाणका आधारमा कूटनीतिकरुपमा विवादित सीमा समस्या […]


नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन ‘ब्रेन पुलिङ’

काठमाडौं / काठमाडौँ, कात्तिक २८ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्न ‘ब्रेन पुलिङ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई स्वदेश फर्काउन र उनीहरूको ज्ञान–सीपलाई नेपालका लागि उपयोग गर्न नयाँ रणनीति बनाएको नास्टले जनाएको छ । नास्टका प्रवक्ता डा. सुरेश […]


स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न

कत्तिक २७ गते । मङ्सीर १४ मा हुन लागेको उपनिर्वाचनको स्थानीय तहको उम्मेदवारी दर्ता बुधबार सम्पनन भएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका अनुसार बुधबार स्थानीय निकायमा रित्त रहेका विभिन्न पदमा मनोनयन दर्ता भएको हो । उपनिर्वाचन अन्तरगत चारवटा स्थानीय तहको प्रमुख, एउटा स्थानीय तहको उपप्रमुख तथा ४२ वटा बडामा अध्यक्षको लागि निर्वाचनका लागि मनोनयन […]


उच्चस्तरीय कूटनीतिक पहल गर्न निर्देशन

नारायण काफ्ले, काठमाडौँ, कात्तिक २६ गते । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल–भारतबीचको सीमा विवादसम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । सरकारका प्रतिनिधिसँग छलफल गरेपछि समितिले समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक पहल गर्न निर्देशन दिएको हो । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा आमन्त्रण गरे पनि अनुपस्थित हुनुभयो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter