एक्सक्लुसिभ समाचार

चाबहिललगायतका सडकमा सौर्य बत्ती जडान

भक्तपुर, साउन ३० गते । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो । भक्तपुर सूर्यविनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ । सूर्यविनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान […]


लक्ष्य अनुसारकै आर्थिक वृद्धि

विश्वास रेग्मी / काठमाडौँ, साउन २९ गते । गत फागुन २१ गते आर्थिक वर्ष २०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उपलब्ध परिसूचकका आधारमा आर्थिक वृद्धि ७ प्रतिशतभन्दा माथि जाने देखिएको दाबी गर्नुभएको थियो । “वृद्धिदर ७ देखि ८ प्रतिशतको बीचमा नै हुन्छ,” त्यतिबेला उहाँको भनाइ थियो । सूचनाको हकबमोजिम अर्थ मन्त्रालयले […]


विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा उल्लेख्य सफलता

अशोक घिमिरे / काठमाडौँ, साउन २८ गते । सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ । पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/र७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । […]


वर्षामा पनि रोमाञ्चक ¥याफ्टिङ

शान्ति लामा / सिन्धुपाल्चोक, साउन २७ गते । बालबालिकाका लागि काम गर्ने एक स्वयंसेवी संस्थाका अभियन्ता हुनुहुन्छ, काँडाघारीका मदन पौडेल । प्रायः काममा नै व्यस्त हुने उहाँ बेलाबेला घुमफिर गर्न रुचाउनुहुन्छ । विशेष गरी साहसिक खालका पर्यटन गतिविधिमा रुचि राख्ने पौडेल शनिबार भोटेकोसीको एक ¥याफ्टिङमा भेटिनुभयो । भोटेकोसी नदीका सिन्धुपाल्चोकको चेहेरेमा ¥याफ्ट बोर्डबाट झर्दा उहाँ […]


‘भू–स्वर्ग’ खप्तड चिनाउन स्थानीयवासी सक्रिय

विमलबहादुर विष्ट / डोटी, साउन २६ गते । कुनै बेला निगालोको जङ्गलका रुपमा चिनिँदै आएको खप्तड क्षेत्रलाई पछिल्लो समय प्राकृतिक बरदान भन्दै सुदूरपश्चिमका जनता संसारभरि चिनाउन लागिपरेका छन् । सुदूरपश्चिमको भू–स्वर्गका मानिने यस क्षेत्रलाई देश विदेशमा चिनाउन यहाँका स्थानीय बासिन्दा र सङ्घ संस्था सक्रिय छन् । आध्यात्मिक र असाधारण तपस्वीका रुपमा चिनिने खप्तड बाबाले सुदूरपश्चिमका […]


विद्युतीय सवारी साधनका लागि २० वटा चार्जिङ स्टेशन बनाइँदै

रमेश लम्साल / काठमाडौं , साउन २५ गते । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ऊर्जा, जलस्रोत तथा […]


ललितपुरमा पनि यान्त्रिक कुचो !

काठमाडौँ, साउन २४ गते । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गर्नुभयो । उहाँले भन्नुभयो, “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक […]


लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा – योगेश भट्टराई

रुपन्देही, साउन २३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक्षण गर्दै उहाँले प्रधामन्त्री केपी शर्मा ओलीले समेत विमानस्थल निर्माण र लुम्बिनीको विकासमा विशेष चासो दिनुभएकाले तीनलाई प्राथमिकतामा राखेर काम भइरहेको […]


‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

सुभानु आचार्य / ललितपुर, साउन २२ गते । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् । नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)मा सूचना प्रवाह […]


विकट गाउँमा सिभिल इञ्जिनीयरिङ कक्षा

सोलुखुम्बु, साउन २१ गते । थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter