एक्सक्लुसिभ समाचार

उद्योग मन्त्रालयले पचास हजार रोजगारी सिर्जना गर्ने

काठमाडौँ, २८ कात्तिक । उद्योग मन्त्रालयले विभिन्न सीप र उद्यममार्फत ५० हजार युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने जनाएको छ । कार्ययोजनाको कार्यान्वयनका बारेमा जानकारी गराउँदै मन्त्री नवीन्द्रराज जोशीले तत्काल ११ हजार ४५० जनालाई छ महिनाभित्र रोजगारीका लागि तयार गर्ने बताउनुभयो । मन्त्री जोशीले पद सम्हालेपछि गत भदौ २६ गते समयसीमा निर्धारण गरी मन्त्रालयका […]


अघि बढ्यो राष्ट्रिय प्रसारण ग्रीड कम्पनी

रमेश लम्साल / काठमाडौँ, २८ कात्तिक । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले भने अब गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी अधिकृतको विज्ञापन गरेसँगै कम्पनीले पूर्णता पाउन लागेको […]


बन्दका कारण जनजीवन प्रभावित; ७६ बन्दकर्ता पक्राउ; सिन्धुलीमा जिपमा आगजनी

काठमाडौँ, २८ कात्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आह्वान गरेको नेपाल बन्दका कारण राजधानी लगाएत देशभरको जनजीवन प्रभावित भएको छ । खाद्य सुरक्षाको माग गर्दै सो पार्टीले गरेको बन्दका कारण काठमाडौँमा सार्वजनिक सवारीसाधन न्यूनमात्रामा चलेका छन् । निजी नम्बर प्लेटका सवारी साधन भने केही बढी चलेका छन् । बन्दका कारण राजधानीका विद्यालय, क्याम्पस, पसललगायत […]


लाओसलाई हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा

काठमाडौँ, २७ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताअन्तर्गत फाइनलमा प्रवेश गरेको छ । लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । मलेसियाको नेगेरी रङ्गशालामा शनिबार साँझ भएको खेलमा गोरकिपर किरण चेम्जोङको उत्कृष्ट प्रदर्शन रह्यो । उनले लाओसका खेलाडीले प्रहार गरेको बललाई उत्कृट बचाउ गरे । सो अघि निर्धारित […]


मधुमेहः चालिस प्रतिशत बिरामीको आँखामा असर

कल्पना पौडेल / काठमाडौँ, २७ कात्तिक । मधुमेहका बिरामी बढेसँगैै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा […]


सरकारप्रति जनताको भरोसा बढेको छ – प्रधानमन्त्री

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकार गठन भएको सय दिनको अवधिमा भए÷गरेका प्रमुख काम र उपलब्धिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता, संविधानको प्रभावकारी कार्यान्वयन, शान्ति सम्झौताका बाँकी कार्य सम्पन्न गर्ने, सुशासन कायम तथा बजार अनुगमन गरी उपभोक्तालाई […]


विद्युत् चुहावट घटाउने तयारी

काठमाडौँ, २६ कात्तिक । सरकारले विद्युत् चुहावट नियन्त्रणलाई प्रभावकारी रुपमा अगाडि बढाउने कार्ययोजना अगाडि सारेको छ । मुलुकभर २५ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेको बेला त्यसलाई आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा ३ दशमलव ५ प्रतिशत कम गर्ने लक्ष्यका साथ काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत् चुहवाटका कारण करिब एक सय मेगावाटभन्दा […]


‘अनलाइन निर्देशिका’ कार्यान्वयनमा जटिलता

सुशील दर्नाल / काठमाडौँ, २५ कात्तिक । अनलाइन सञ्चारमाध्यमको दर्ता, नविकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि ‘अनलाइन निर्देशिका’ ल्याएको पाँच महिना बितिसक्दा समेत कार्यान्वयनमा जटिलता देखिएको छ । ऐन नआउनजेलसम्मका लागि अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न २०७३ जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे पनि “सरकारले अनलाइन सञ्चारमाध्यमलाई अङ्कुस लगाउन खोजेको” भन्दै सम्बन्धित क्षेत्रले असन्तुष्टि व्यक्त […]


गुरुङ संस्कृतिको जीवन्त नमुना बनेको छ पर्यटकीय गाउँ सिक्लेस (आलेख)

वासुदेव पौडेल / पोखरा, २४ कात्तिक । कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ कास्कीको पर्यटकीय गाउँ सिक्लेस । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ । वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र […]


अन्तु होमस्टे : एकैघरमा तीन हजार ६०० पर्यटक

इलाम, २४ कात्तिक । ग्रामीण भेगमा चलेको घरबास (होमस्टे)मा वर्षभरिमा एउटै घरमा तीन हजार जनाभन्दा बढी पर्यटक बसे भन्दा पत्याउन निकै गा¥हो पर्ला । तर पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएको होमस्टेमा एकै घरमा वार्षिक तीनहजार छ सयजना आएर पर्यटक बास बसेका छन् । पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter