एक्सक्लुसिभ समाचार

जलविद्युत्मा नागरिक लगानीको ढोका खुल्यो, उत्पादन कम्पनी दर्ता

रमेश लम्साल / काठमाडौँ, ६ मङ्सिर । सरकारले नेपाली नागरिकलाई जलविद्युत् आयोजनामा लगानी गर्न दिने व्यवस्थासहित विधिवत् रुपमा जलविद्युत् उत्पादन कम्पनी स्थापना गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनाका आधारमा ऊर्जा मन्त्रालयले आइतबार कम्पनी रजिष्टारको कार्यालयमा उक्त कम्पनी दर्ता गरेको हो । कम्पनी […]


द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने

काठमाडौँ, ५ मङ्सिर । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक महत्व बोकेको काठमाडौँ–तराई मधेस जोड्ने द्रुतमार्ग स्वदेशी पुँजीमै निर्माण गरिने भएको छ । व्यवस्थापिका–संसद्, विकास र अर्थ समितिको आजको वैठकमा भौतिक योजना तथा पूर्वाधार निर्माणमन्त्री रमेश लेखकले स्वदेशी लगानीमा द्रुत मार्ग निर्माणलाई छिटो र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको बहुआयामिक महत्वको […]


ज्येष्ठ नागरिकलाई छुट सुविधा लिन समस्या

म्याग्दी, ५ मङ्सिर । परिचयपत्रमा स्पष्ट उल्लेख नहुँदा सरकारले घोषणा गरेको स्वास्थ्य उपचार र यातायातमा छुट सुविधा उपभोग गर्न ज्येष्ठ नागरिकलाई समस्या भएको छ । महिला तथा बालबालिका कार्यालयले परिचयपत्र वितरण गर्न थालेपछि उत्साहित भएका म्याग्दीका ज्येष्ठ नागरिकहरु सुविधा पाउन नसक्दा निराश भएका छन् । सरकारले परिचयपत्रका आधारमा यातायात र स्वास्थ्य सेवामा छुट दिने घोषणा […]


शान्ति सम्झौताको एक दशक : दिगो शान्ति र विकासको यात्रा

नारायणप्रसाद न्यौपाने / काठमाडौँ, ४ मङ्सिर । सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पूरा भए पनि जनअपेक्षाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको ढोका भने अझै खुल्न बाँकी रहेको छ । उक्त सम्झौताको एक दशकको मुख्य उपलब्धिका रुपमा नेपाली जनताले संविधानसभाबाट संविधान प्राप्त गर्ने सात दशक लामो चाहना पूरा […]


सन्दर्भ विश्व चर्पी दिवसः सरकारी निकाय र सार्वजनिक शौचालय दुरवस्थामा

भक्तपुर, ४ मङ्सिर । आज ‘विश्व चर्पी दिवस’ । विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पु¥याउने लक्ष्य लिइएको छ […]


सीमा क्षेत्र विकास कार्यक्रम तराईका बीस जिल्लामा विस्तार

काठमाडौँ, ३ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसँग सीमा जोडिएका आठ जिल्लामा सञ्चालन हुँदै आएको सीमा क्षेत्र विकास कार्यक्रम २० जिल्लामा विस्तार गरेको छ । आव २०७२÷०७३ देखि सुरु भएको सो कार्यक्रम चालु आवदेखि तराईका २० जिल्लामा विस्तार गरिएको हो । मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछाडि परेका दक्षिणी सीमावर्ती भू–भागसँग जोडिएका […]


माछा पालेर भाइ र छोरालाई चिकित्सक बनाए

राजाराम कार्की / सप्तरी, २ मङ्सिर । सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी दिनुभयो र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाउनुभयो । जहाँ इच्छा त्यहाँ उपाय भने झैँ मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले […]


सोलिडारिटी कप विजेता टोली स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

काठमाडौँ, १ मङ्सिर । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) पदाधिकारीले स्वागत गर्नुभयो । स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ […]


संरक्षणको अभावमा महत्व गुमाउँदै ‘रामगुफा’; तुलादानको रकम विद्यालयलाई

रामपुर (पाल्पा), १ मङ्सिर । रामपुरको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको रामगुफाको संरक्षण हुन नसक्दा यसको प्राचीन महत्व हराउँदै गएको छ । त्रेतायुगमा भगवान् रामले तपस्या गरेको रामगुफा संरक्षणको अभावमा यसको ऐतिहासिक एवम् धार्मिक महत्व ओझेलमा परेको छ । कालीगण्डकी नदीको तटमा रहेको पवित्र रामघाटमा भगवान् रामले दिनहुँ नुहाएको र यस रामगुफामा तपस्या गरी […]


लगातार उपाधि : सोलिडारिटी कप नेपालको कब्जामा; विजेता खेलाडीलाई जनही रु तीन लाख

काठमाडौँ, ३० कात्तिक । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । नेपालका लागि सुजल श्रेष्ठले ३०औँ मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter