
काठमाडौँ, १३ कात्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वासका आधारमा कुकुर […]

सिन्धुपाल्चोक, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताउनुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो […]

काठमाडौं, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ […]

काठमाडौँ, ११ कात्तिक । नेपाल र भारत द्विपक्षीय सहयोगमा आधारित परियोजनाको प्रभावकारी कार्यान्वयन गर्न सहमत भएका छन् । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय चौथो बैठकले दुवै मुलुकबीच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाबारेमा बृहत् समीक्षा गरी सातबुँदे सहमति गरेको छ । आज सम्पन्न बैठकले सन् २०१४ मा भारत सरकारले उपलब्ध गराएको […]

वासुदेव पौडेल / पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटककोे आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकार्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिनुभयो । नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान […]

काठमाडौँ, ९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षति पुगेका संरचनाहरुको पुनर्निर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक सम्पदाहरुको महत्वलाई विशेष ध्यान दिन सुझाव दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा पुनःनिर्माणसम्बन्धी आज भएको छलफलमा राष्ट्रपति भण्डारीले पुनःनिर्माण गर्दा स्थानीय जनताको चाहना र भावनालाई सम्बोधन गरेर अघि बढ्न समेत सुझाव दिनुभयो । उहाँले स्थानीय सामग्रीलाई प्राथमिकता दिँदै परम्पारगत […]

रमेश गिरी / भक्तपुर, ८ कात्तिक । बैदेशिक रोजगारबाट सन्तुष्ट नभएका नगरकोट नगरपालिका ताथली–२ बालाटोलका जयराम बाला नेपाल फर्केपछि गरेको फूलखेतीबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवार मखमली फूलबाटै मनग्य आम्दामी गर्न थालेका हुन् । पाँच वर्ष कतारमा र […]

नारायण ढुङ्गाना / चितवन, ७ कात्तिक । शिक्षक बन्ने धोको बोकेका यस जिल्लाकै विकट गाविस लोथरका १४ वर्षीय गणेश चेपाङ तीन वर्षअघिसम्म जङ्गलमा घाँस दाउरा गर्ने, गिठा भ्याकुर र च्याउ खोज्ने गर्थे । कहिले बुबाआमासँग त कहिले उनी एक्लै पनि जान्थे । कुनैबेला जङ्गली गिठा खोजेर नल्याए बेलुकी भोकै सुत्नु पथ्र्यो । विद्यालय छाडेर जङ्गल […]

बेनी, ६ कात्तिक : घरमा आर्कषक टिभी, गोठमा दुहुनो भैसी र बैंकमा पैसा। केही वर्ष अगाडिसम्म म्याग्दीको पुलाचौर पुरुन्नेका दलित समुदायलाई यो सपना जस्तै लाग्थ्यो। आर्थिक अवस्था कमजोर भएकै कारण दैनिक ज्याला मजदुरी गरेर घरखर्च चलाउने गरेका बेनीनगरपालिका–११ पुरुन्नेका दलितको दैनिकीमा अहिले परिवर्तन आएको छ। गाउँबाट धमाधम वैदेशिक रोजगारमा जानेको लर्को लाग्न थालेपछि पुरुन्नेवासीको हातमा […]

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रु २० करोड ५७ हजारको लागतमा सौर्यबत्ती जडान प्रक्रिया अघि बढेको छ । काठमाडौँ महानगरपालिकाले तीन भागमा विभाजन गरी एक वर्षभित्र एक हजार ८५ खम्बामा कामपाले आगामी एक वर्षभित्र उपत्यकाका प्रमुख सहरमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो । । उक्त कार्यका लागि […]