एक्सक्लुसिभ समाचार

पर्या –पर्यटन प्रवद्र्धनमा जोड

कावासोती, २५ असार । नवलपरासीमा पर्या पर्यटन प्रबद्र्धनको प्रशस्त सम्भावना रहेकाले सरोकारवाला निकायले ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, महाभारत पर्वत श्रृखला र थुप्रै ताल तलैया भएकाले नवलपरासीलाई पर्या–पर्यटनको जिल्लाको रुपमा चिनाउन सकिनेमा सहभागीहरुले जोड दिएका हुन् । नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीले कावासोतीमा आयोजनामा गरेको दुई दिने […]


भानुजयन्तीका अवसरमा कविगोष्ठी

मोरङ, २५ असार । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय तथा सरिता तुलाधर र जीवन बोगटी तृतीय हुनुभयो । साहित्यकार राधिका गुरागाईं र मीनकुमार नवोदितको निर्णायक समितिले पुरस्कृत कविको […]


सीपले दिएको अवसर : बारटेन्डरमा जम्दै नेपाली युवा

सिबी अधिकारी / काठमाडौँ, २३ असार । वैदेशिक रोजगारी भन्नासाथ सबैले दुःख पाउँछन् भन्ने छैन । सीप र जाँगर भए पैसा मात्र होइन सम्मानित बन्ने अवसरसमेत पाउँछन् । कर्मशील यस्तै नेपालीले आफ्नो इमान्दारिता र मिहिनेतले युरोपमा आफ्नो पहिचान र गौरवलाई बढाइरहेका छन् । झापा जिल्लाको भद्रपुर–२ का ३४ वर्षीय राजु आलेमगर तिनै प्रतिनिधि पात्र हुन् […]


विशेष नमाज पढेर इद उल फित्र मनाइँदै; राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुद्वारा इदको शुभकामना

काठमाडौँ, २३ असार । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आज बेलुकी चन्द्रमा देखिएपछि भोलि इद […]


नेता कोइरालाको अवस्था गम्भीर तर स्थिर

काठमाडौँ, २२ असार । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि ओम अस्पतालमा गएराति ८ बजे भर्ना हुनुभएका नेता कोइरालाको अवस्था बिहान ५ बजे गम्भीर भएको थियो । बिहान बान्ता भएपछि सर्किएको र फोक्सोको निमोनियाका कारण एक्कासी स्वास्थ्य अवस्था […]


‘साहित्यकार झमक निर्भीक’

काठमाडौँ, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरे निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताउनुभएको छ । झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले साहित्यकार झमक घिमिरेको ३५औँ जन्मोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गर्नुभएको छ, जे देख्नु र भोग्नुभएको छ, त्यही लेख्नुभएको छ भन्नुभयो […]


खाडीको मरभूमिभन्दा गाईगोठ नै ठीक

राजाराम कार्की / काभ्रे, २० असार । विदेशमा दिने समय आफ्नै गाईभैँसीको गोठमा उपयोग गर्दा लखपति मात्र नभई आत्मनिर्भर भइन्छ भन्ने काभ्रेको कुशादेवी पुगे देख्न पाइन्छ । काठमाडौँबाट करिब ४० किलोमिटर टाढा अवस्थित कुशादेवीको कुल जनसङ्ख्याको २० प्रतिशत घरधुरीले पशुपालन व्यवसायबाट जीविकोपार्जन गर्दै आएका छन् । पहिला खाडी क्षेत्रमा काम गरेका युवा कुशादेवीमा सक्रिय देखिन्छन […]


सडक सुविधा पुगेपछि बिक्नै छाड्यो संस्थानको चामल

सोलुखुम्बु, १९ असार । सात÷आठ वर्षअघिसम्म दिनहुँ चामल किन्न आउनेको भीड लाग्ने खाद्य संस्थान डिपो कार्यालय सल्लेरी आजभोलि सुनसान छ । सदरमुकाममा सडक सुविधा पुगेपछि खाद्यको चामल किन्न आउने सेवाग्राहीको चाप घटेको हो । । कार्यालयले चालु आवमा एक हजार ७०० क्विन्टल चामाल ढुवानी गरे पनि ४१ क्विन्टल मात्र बिक्री गरेको छ । खाद्य संस्थान […]


असारमा धान रोप्न गाउँमा छैन युवा (आलेख)

कमल खत्री / म्याग्दी, १८ असार । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा चिनिने असारमा म्याग्दीका कृषक धान रोपाइँमा व्यस्त छन् । कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर खेती लगाउनै समस्या देखिन थालेको छ । वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बनेको कारण असारको हिलोमा धान […]


बुद्ध मूर्ति सार्ने निर्णय विवादमा, नसार्न बौद्ध संस्थाको आग्रह

दीपक घिमिरे / रुपन्देही, १७ असार । रुपन्देही सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक राख्ने जिल्लास्तरीय निर्णय विवादमा परेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले देवकोटा चोकमा महाकवि देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बुद्ध […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter