एक्सक्लुसिभ समाचार

गणेशमान सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापना

काठमाडौँ, ३ कात्तिक । गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंहको स्मृतिमा प्रजातन्त्र पुरस्कार स्थापना गरेको छ । फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेकोे कार्यकारी समितिको बैठकले सर्वमान्य नेता सिंहको जन्मशताब्दी वर्षको अवसरमा पुरस्कार स्थापना गर्ने निर्णय गरेको अध्यक्ष सिंहका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । रु २० लाखको अक्षयकोष राखेर स्थापना गरिएको पुरस्कार प्रजातन्त्रको […]


आवागमनमा अवरोध नहुने भारतीय आश्वासन, असन्तुष्ट पक्ष समेट्न सुझाव; उपप्रधानमन्त्री थापा

काठमाडौँ, २ कात्तिक । उपप्रधानमन्त्री कमल थापाले नेपाल–भारतको सम्बन्धलाई सुदृढ तुल्याउन तथा नेपालले आवागमन, दैनिक उपभोग्यवस्तु र इन्धनको अभावले भोग्नुपरेको कष्ट समाधान गर्ने दिशामा आफ्नो भारत भ्रमणले महत्वपूर्ण आधार तयार गरेको बताउनुभएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री थापाले भन्नुभयो– […]


नवनियुक्त सभामुख, उपप्रधानमन्त्री रायमाझी र मन्त्रीहरुद्वारा शपथ

 काठमाडौँ, १ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा. यादवले सभामुख घर्तीलाई शपथ खुवाउनुभएको हो । समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित […]


सभामुखमा ओनसरी घर्ती निर्वाचित, उपसभामुखमा यादव निर्वाचित

काठमाडौँ, २९ असोज । नेपालको संविधान लागू भएपछि व्यवस्थापिका–संसद्को सभामुख पदमा एकीकृत नेकपा (माओवादी)का सांसद् ओनसरी घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । विसं. २०४६ को प्रजातान्त्रिक परिवर्तनपछि आठौँ सभामुख हुनुभएका घर्ती पहिलो महिला सभामुख पनि हुनुभएको छ ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा सो पदमा अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको उम्मेदवारी फिर्ता भएपछि […]


राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण गरौँ– राष्ट्रपति डा यादव

काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।” वैशाखमा गएको […]


फेसबुकबाट फोटो मार्केटिङ 

-योगीशकृष्ण मित्रवर बन्धु व्यस्त थियो । उ घरि घरि कसैलाई फोन गर्ने प्रयास गरिरहेको थियो । ऊ घरि तारेफोन त कहिले मोबाइलमा नम्बर डायल गरिरहन्थ्यो । यसलाई के भयो आज ? कुनै गम्भीर समस्यामा त परेन ? उसले जबाफ दियो “समस्या नै समस्या छ । फोन नै लाग्दैन ।” “ए बाबा । दूरसञ्चारको फोन हो […]


स्थानीयवासीद्वारा पदमार्ग निर्माण

बाबियाचौर (म्याग्दी), २७ असोज । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय रुटमा स्थानीयवासीले पदमार्ग निर्माण गरेका छन् । म्याग्दीको राम्चे गाविस–१ र २ नांगी र पर्वतको लोप्रे तथा डाँडाकटेरी गाउँका बासिन्दाले पदमार्ग निर्माण गरेका हुन् । डाँडाकटेरी र लोप्रेका बासिन्दाले श्रमदान गरेर घोप्टे खोलाको पुल र कोठीको डिल क्षेत्रमा पदमार्ग बनाएका हुन् । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग […]


प्रभावकारी बन्यो भकारो सुधार

रामपुर (पाल्पा), २६ असोज । कृषि विकास मन्त्रालयअन्तर्गत माटो विकास निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सुरुवात भएको भकारो सुधार कार्यक्रम यहाँ प्रभावकारी भएको छ । विसं ०६५÷६६ देखि सुरुवात भएको सो कार्यक्रमबाट जिल्लाका ४५० कृषक लाभान्वित भइसकेका छन् भने यस आवमा २०० कृषकलाई सहयोग गरिने जानकारी जिल्ला कृषि विकास कार्यालयका कृषि […]


भारतको नाकाबन्दी, उसको नियत र मोर्चासँगको वार्ता – दुर्गानाथ शर्मा

  दुर्गानाथ शर्मा । नेपालमा नयाँ संविधान त आयो तर दक्षिणी क्षेत्रका जनताले संविधानको विरोध सुरु गरिहाले । यसैलाई निहु पारेर भारतले नेपाल विरुद्ध अघोषित नाकाबन्दी सुरु गर्यो, जसले गर्दा अहिले नेपालीले ठुलो कष्ट भोग्नु परिरहेको छ । यहाँ अचम्म लाग्ने कुरा के छ भने भारत सरकारमा मन्त्रीहरू र नेपालस्थित भारतका राजदूत अनि दिल्लीस्थित हाम्रै […]


नेपाल अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुने

काठमाडौँ, २३ असोज । अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घको १२औँ सम्मेलनमा नेपालले सहभागिता जनाउने भएको छ । यही असोज २८ देखि ३० गतेसम्म बेल्जियममा हुने सो सम्मेलनमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय युवा बौद्ध महासङ्घ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु तपस्सी धम्मले प्रतिनिधित्व गर्नुहुने भएको छ । नेपाललगायत विभिन्न ४६ मुलुकका १५० प्रतिनिधिले भाग लिने सो बैठकमा बौद्ध दर्शन […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter