एक्सक्लुसिभ समाचार

दस महिनामा चार लाख ७३ हजार पर्यटक नेपाल आए

काठमाडौं, कात्तिक १८ गते । पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन्। पर्यटक आगमन दर यो वर्षको […]


अर्थतन्त्रलाई संकटबाट जोगाउन उत्पादनमा जोड दिनुपर्छ : अर्थविद्

काठमाडौं, कात्तिक १७ गते । नेपालको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादनमा ध्यान दिनुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्वका अधिकांश राष्ट्र आर्थिक संकटमा फसिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । केही समय अघि मात्र छिमेकी राष्ट्र श्रीलंकको अर्थतन्त्र शून्यमा झरेको थियो । जसको कारण श्रीलंकाका जनता आक्रोशित […]


कृषि औजार कारखाना चलाउन जुट्यो आविष्कार केन्द्र

दिपकप्रसाद गौतम / वीरगञ्ज, कात्तिक १६ गते। वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्न मंगलबारदेखि राष्ट्रिय आविष्कार केन्द्र सरसफाई तथा मेसिनरी चेकजाँचमा जुटेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गोरखापत्रसँग कुरागर्दै मंगलबारदेखि वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्यकासाथ सरसफाई तथा मेसिनरी चेकजाँच सुरु गरेको जानकारी दिनुभयो। सरकारले कारखाना सञ्चालनमा आएदेखि १० वर्षका […]


सुपथ मूल्य पसलमा कारोबार घट्यो

काठमाडौँ, कात्तिक १५ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार घटेको छ । यस वर्ष असोज १ देखि कात्तिक १३ गतेसम्म सञ्चालन भएको सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले गत वर्षभन्दा कम कारोबार गरेको हो । यो वर्ष दुई करोड ८७ हजार रुपियाँको कारोबार भएको साल्ट ट्रेडिङले जनाएको छ । […]


विद्युत खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

काठमाडौं, कात्तिक १४ गते । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्नेछ । विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका […]


राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गर्नुभएको छ। काठमाडौं महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगेर उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो। आइतबार नै राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण भएको छठ पूजास्थलमा सूर्यसहित छठी माताको पूजा गर्नुभएको थियो । पूजास्थलमा […]


मिथिलाञ्चलमा छठको तयारी पूरा; राजधानीमा पनि लोकप्रिय बन्दै छठ

महोत्तरी, कात्तिक १२ गते । मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ । चार दिवसीय यो पर्वको पहिलो दिन शुक्रबार अरबा […]


मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्य तीव्र

काठमाडौं, कात्तिक ११ गते । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ। हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको […]


अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका

मनोजरत्न शाही / काठमाडौं, कात्तिक १० गते । वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ । भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आउनुभएको हो । दशैं […]


नेपाल संवत्‌को महत्त्वलाई उजागर गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्‌को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालको मौलिक संवत्‌का रुपमा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter