
विष्णु पाण्डेय / काठमाडौं, कात्तिक २९ गते। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मंसिर १४) गते यान्त्रिक परीक्षण गर्ने तयारी भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मंसिर १४ गते यान्त्रिक परीक्षण उडान गर्ने गरी तयारी अघि बढेको जानकारी दिनुभयो । यान्त्रिक परीक्षणका लागि २४ दिनको समय पनि लाग्ने उहाँको भनाइ छ।यस्तै पोखरा […]

सिर्जना खत्री / काठमाडौं, कात्तिक २८ गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डा.फणिन्द्रप्रसाद बरालले सरकारले दुई प्रकारका मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिनुभयो । इडिसिडिले विश्व मधुमेह दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै डा. बरालका अनुसार सरकारले मधुमेह (टाइप टु डाइवेटीज) नियन्त्रण गर्न […]

काठमाडौं, कात्तिक २७ गते। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न/गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ। आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक २२ गते नेपाल सरकार, गृह मन्त्रालयमार्फत राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न–गराउन र निर्वाचनमा […]

काठमाडौं, कात्तिक २६ गते । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने प्रष्ट पारेको छ । शनिबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अत्यावश्यक सवारी साधनका लागि पास आवश्यक नहुने निर्णय सार्वजनिक गरेको हो । आयोगले सवारी आवागमनलाई सहज बनाउन यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी गराएको […]

काठमाडौं, कात्तिक २४ गते। निर्वाचन आयोगले अस्थायी मतदाताले मतदान गर्ने गरी १४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने मतदान प्रक्रियामा सहभागी हुने अस्थायी मतदाताले मतदान गर्ने गरी ७७ जिल्लाका १४१ वटा अस्थायी केन्द्र स्वीकृत गरेको हो। आयोगका सहायक प्रवक्ता […]

काठमाडौं, कात्तिक २३ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ। निर्वाचन आयोगका उप-सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकायबाहेक निजामतीतर्फका दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन हुने भएका हुन्। यो जनशक्ति निर्देशिकाले स्वीकृति गरेको हो। यसमा केही सङ्ख्या तलमाथि […]

चितवन, कात्तिक २२ गते । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने प्रश्न नआउने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उहाँले राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले […]

काठमाडौंं, कात्तिक २१ गते । नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका […]

सोलुखुम्बु, कात्तिक २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज (आइतबार) १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच […]

काठमाडौं, कात्तिक १९ गते । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहे आयोग चुप लागेर नबस्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा जनकपुरधाममा आयोजित ‘प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन, २०७९ : निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त जबराले निर्वाचन आचारसंहिता पालन गर्न सबै पक्ष […]