एक्सक्लुसिभ समाचार

बिहीबारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाडौं, असोज ५ गते । निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका […]


जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

सिर्जना खत्री / काठमाडौं, असोज ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार चिकित्सकको छाता संस्था नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ […]


उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार

दीपा चाैधरी / काठमाडौं, असोज ३ गते । उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार […]


संविधान दिवस तीन दिन हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं, असोज २ गते । संविधान दिवस, २०७९ राष्ट्रिय दिवसको रूपमा देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाइँदै छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज २, ३ र ४ गते तीन दिन मन्त्रालय एवम् मन्त्रालय अन्तर्गतका निकायमा दीपावली लगायतका कार्यक्रम गरेर राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाउने निर्णय यसअघि नै गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत […]


टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

काठमाडौं, भदौ ३१ गते । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले […]


उखुको अनुदान रकम व्यवस्था, कृषकहरु खुशी

जनार्जन खत्री / सर्लाही, भदौ ३० गते । सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ । सरकारले उखु किसानको २२ करोड ९८ लाख रुपियाँ अनुदान रकम पठाएको कोलेनिका मलङ्गवाका प्रमुख जीवन पुरीले जानकारी दिनुभयो । बुधबार मात्रै कोलेनिकाको खातामा आएको […]


बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने : प्रमुख आयुक्त थपलिया

काठमाडौं, भदौ २९ गते । निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । बुधवार राजनीतिक दलका प्रतिनिधिहरूसँगको परामर्शपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि […]


व्यवसायीलाई आकर्षित गर्दै ड्रागन फल

पाल्पा, भदौ २८ गते । तानसेन नगरपालिका–७ बारुदखान बस्ने सन्दीप अधिकारीको बारीमा ड्रागन फलका करिब दुई सय बोट छन् । ती बोटमध्ये केही उत्पादन दिँदैछन् त केही फुल्दैछन् । गत वर्ष लगाएको बिरुवा ले एक वर्षमा नै राम्रो उत्पादन दिएको छ । हेर्दा बोट हरियाली, उत्पादित फल स्वादिलो र आम्दानी पनि राम्रो भएपछि यसमा धेरै […]


‘महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्यायो’

काठमाडौं, भदौ २७ गते । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रकाशित गरेको ‘मानव विकास प्रतिवेदन’ सोमबार सार्वजनिक भएको छ । …अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ भन्ने नारासहित विश्वमा बढेको चुनौतीसहितको प्रतिवेदन युएनडीपीले सार्वजनिक गरेको हो । युएनडीपीका अनुसार विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले […]


बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय

काठमाडौं, भदौ २६ गते । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो । निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter