एक्सक्लुसिभ समाचार

उपराष्ट्रपति पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

काठमाडौं, असोज २८ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको छ। पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले नवौं खेलकुदको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिनुभएको छ। ‘‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित […]


निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय; प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु

काठमाडौं, असोज २७ गते। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ। आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय […]


आचारसंहिता उलंघन गर्नेलाई आयोगले कारबाही गर्ने

काठमाडौं, असोज २६ गते। स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। स्थानीय तहमा आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको पक्षमा प्रचारप्रसार कार्यमा संलग्न भएको उजुरी आएको र आयोगको अनुगमनमा समेत देखिएकाले ऐन बमोजिम निजलाई स्पष्टीकरण सोधी तत्काल कारबाही प्रक्रिया अघि बढाउन आयोगले […]


चुनावी प्रचार प्रसारमा संलग्न शिक्षक र सरकारी कर्मचारीलाई कारबाही

काठमाडौं, असोज २५ गते । निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही […]


मनोनयन दर्ता : शीर्ष नेताहरू कसैले वारेसनामा पठाए, कोही आफैँ पुगे

काठमाडौं, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ । आइतबार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई चुनावी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा […]


उम्मेदवारी मनोनयन दर्ताको आवश्यक तयारी पूरा

काठमाडौं, असोज २२ गते । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी मनोनयन दर्ताका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको पनि स्पष्ट पारेको हो । भोलि (आइतबार) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि […]


समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

काठमाडौँ, असोज २० गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि […]


वर्षाको वास्ता नगरी शक्तिपीठमा भक्तजनको भिडभाड

काठमाडौं, असोज १८ गते । नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो। नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ। शक्तिपीठ र […]


निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौं, असोज १७ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिएर स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सह प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो। […]


दशैंघरमा फूलपाती भित्र्याइयो; दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं, असोज १६ गते। काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ। फूलपातीको अवसरमा हनुमानढोका मूल चोक, कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै जलेश्वर महादेवमा फूलपातीको पूजा गरेर हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको हो। गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दशैंघरमा भित्र्याइएको हो।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter