विचार / अन्तर्वार्ता

रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु […]


राष्ट्रियसभा – हलिया व्यवस्थापन माग

काठमाडौँ, साउन २३ गते । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो । सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक लाख दिने व्यवस्था […]


विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा जनधनको ठूलो क्षति – विज्ञ

काठमाडौँ, साउन २१ गते । नेपाल बाह्रैमास कुनै न कुनै खालको प्राकृतिक विपदको उच्च जोखिममा रहेको भए पनि पूर्वतयारी तथा विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा ठूलो जनधनको क्षति हुने गरेकोतर्फ राज्य र आम नागरिक सचेत बन्न नसकेको सम्बन्धित विज्ञले बताएका छन् । नेपाल सहभागीमूलक कार्यसमूह (नेपान) ले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र […]


‘सुखी समाज बनाउन डिजिटल नेपाल जरुरी’

काठमाडौँ, साउन १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास मूल ध्येयका साथ सरकार अगाडि बढिरहेको र त्यसका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने बताउनुएको छ । सुशासनविना देशको विकास गर्न नसकिने बताउँदै उहाँले जनताको सुरक्षा र उपभोगको प्रत्याभूति सुशासनविना सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जनता केन्द्रित विकास भन्ने वित्तिकै पहिला सुशासनको कुरा हुन्छ […]


नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ, साउन १६ गते । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् […]


भारतसँगको सहकार्य कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय

काठमाडौँ, साउन १५ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यनिम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताउनुभएको छ । एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इण्टरनेशनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एण्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत थिङ्क ट्याङ्क समिट २०१८’ को आज यहाँ उद्घाटनका अवसरमा अध्यक्ष दाहालले […]


संसदमार्फत सहमति कार्यान्वयन अगाडि बढ्दै

काठमाडौँ, साउन १४ गते । “सार्वभौम संसद् र संसद्को प्रक्रियामार्फत सरकार र प्रा डा गोविन्द केसीबीचको सहमति टुङ्गोमा पुग्नेछ, मलाई विश्वास छ, जननिर्वाचित प्रतिनिधिले सहमतिलाई अनुमोदन गर्नुहुनेछ,” नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नुभएको थियो । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ र प्रतिवेदनअनुसार जारी अध्यादेशअनुसार प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा प्रा […]


केसीको मुद्धामा पार्टीगत अडान थिएन – विवेकशील

काठमाडौँ, साउन १३ गते । विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सकडमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले […]


चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसद

काठमाडौँ, साउन १२ गते । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन् । चिकित्सा शिक्षामा दीर्घकालीन प्रभाव पर्न सक्ने भएकाले उक्त कानून बनाउँदा केसीसँगको सहमति र मुलुकको आवश्यकतालाई विश्लेषण गरी आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने तयारीमा सांसद्हरु लागेका हुन् […]


प्रधानमन्त्रीको प्रतिबद्धता “हाम्रो नेपाल: हामी नेपाली, हामी जनताका सेवक”

काठमाडौैँ, साउन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले “हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक”को प्रतिबद्धता व्यक्त गर्दै सबै मन्त्री र कर्मचारीलाई त्यसलाई मूल मन्त्र मान्न आह्वान गर्नुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छमहिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रशिक्षार्थीहरुले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter