
मोहम्मद सदरुल / भद्रपुर, १३ भदौ । झापा जिल्लामा आर्थिक वर्ष २०७२÷७३ सम्ममा ८२.५ प्रतिशत जनताको स्वच्छ खानेपानीमा पहुँच पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, झापाले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१÷७२ मा ६४.८२ प्रतिशत र आव २०७२÷७३ मा ७७.५९ प्रतिशत घरधुरीमा चर्पीको पहुँच पुगेको छ । अहिले पनि झापामा २२.४१ प्रतिशत घरधुरीमा चर्पीको […]

चितवन, १३ भदौ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा रु. एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । “सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ, पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भन्नुभयो – स्थान छनोट भएपछि काम सुरु हुन्छ ।” पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी […]

लुम्बिनी, १२ भदौ । सिद्धार्थनगर नगरपालिकाको टाउको दुखाइको विषय बनिरहेको फोहर मैला व्यवस्थापनको काम दीर्घकालीनरुपमै समाधान हुने भएको छ । त्यसका लागि भने नगरवासीले अबको डेढ वर्ष जति कुर्नुपर्नेछ । सिद्धार्थनगर नगरपालिकाले रु ३२ करोड लागतको रुपन्देहीको पड्खौली–८ गौरीघाटमा फोहर मैला प्रशोधन केन्द्र निर्माण गर्ने भएपछि फोहर मैला व्यवस्थापन गर्ने समस्याको समाधान हुने भएको हो […]

नारायण ढुङ्गाना रत्ननगर (चितवन), १२ भदौ । चौतारिमा बसौं भने झ्याम्म झुम्म बरको पात को सँग भनांै मैले वेदनाको बात नजिकिँदै गरेको नेपाली नारीहरुको महान् चाड हरितालिका (तीज) मौलिक संस्कृतिसँग जोडिएको छ । पहिले पहिले पीर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएर तीजका भाका गुञ्जन्थे । सासु बुहारीका बुहार्तन तथा थिचोमिचो अनि विरह, वेदनाहरु मिसिएका […]

रमेश लम्साल / काठमाडौँ, ११ भदौ । लामो समयदेखि अगाडि बढ्न नसकेको ढल्केबर– इनरुवा र हेटौँडा– ढल्केबर प्रसारण लाइनको निर्माण प्रक्रियाले गति लिने भएको छ । सरकारले गत साउन ३२ गते वनक्षेत्र प्रयोगका लागि सहज रुपमा मार्ग प्रशस्त गरिदिएपछि सो प्रसारण लाइन निर्माण प्रक्रियाले गति लिन लागेको हो । कुल ४०० केभी क्षमताको सो प्रसारण […]

काठमाडौँ, ११ भदौ । महिलाले उत्पादन गरेका हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ आज सम्पन्न भएको छ । विजनेस एन्ड प्रोफेसनल विमेन सुनाकोठीको आयोजनामा भएको उक्त मेला ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको थियो । करिब रु २० लाखको कारोबार गर्दै […]

काठमाडौँ, ११ भदौ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७२÷७३ मा परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट १८ हजार ९७ जनाले सुत्केरी सेवा प्राप्त गरेका छन् । ती मध्ये सामान्य प्रसूति सेवा ११ हजार १८० जना र दुई हजार १६९ जनाले जटिलतायूक्त प्रसूति सेवा प्राप्त गरेका छन् । त्यस्तै शल्यक्रिया गरी सुत्केरी हुनेको सङ्ख्या […]

काठमाडौँ, १० भदौ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने लक्ष्यका साथ सरकारले आज सरोकार भएका निकायसँग गरेको छलफलको क्रममा सो सम्भावना देखिएको हो । ऊर्जामन्त्री जनार्दन […]

काठमाडौँ, १० भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७२÷७३ को वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ९.९ प्रतिशत रहेको जनाएको छ । तराई आन्दोलन, सीमा–नाका अवरोध र आपूर्ति असहजताजस्ता प्रतिकूल परिस्थितिका कारण मूल्यमा चाप परेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा २०७३ असार महिनामा उपभोक्ता मुद्रास्फीति १०.४ […]

काठमाडौँ, १० भदौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ । न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिनुभयो । प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह […]