समाचार

स्रोतको सुनिश्चितता गरेर योजना छनोट गरौं : अर्थमन्त्री महत

काठमाडौं, वैशाख ८ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ। शुक्रबार अन्तर सरकारी वित्त परिषद्को छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री महतले श्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने बताए। परिषद्ले छलफलपछि मुख्य पाँच वटा निष्कर्ष निकालेको छ। संविधानको अनुसूची बमोजिम तिनै तहका सरकारले दोहोरो नपर्ने […]


सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ८ गते । सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कल गरी फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘‘रिट […]


राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न : राजस्व किन कम उठ्यो ?

काठमाडौं, वैशाख ७ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ। आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व संकलनमा कुनै पनि लापरबाही गर्न नहुने बताउनुभएको हो। बैठकमा उहाँले भन्नुभयो, “नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्। सम्बन्धित मन्त्रालयमा विनियोजन […]


हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

काठमाडौं, वैशाख ७ गते। सरकाले पर्यटक सवारीसाधन (हरियो नम्बर प्लेट) पर्यटकमैत्री बनाउने भएको छ। सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो। उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ। पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो। समितिको […]


नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात

काठमाडौं, वैशाख ६ गते। चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा १० खर्ब ८३ अर्ब नाँघेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार यो अवधिमा नेपालले १२ खर्ब एक अर्ब ५० करोड बराबरको आयात गर्दा एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात गरेको छ। गत आर्थिक […]


‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’

काठमाडौं, वैशाख ६ गते । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साबिककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताउनुभयो । सांसद रमा कोइराला पौडेलले भारत […]


पाठ्यपुस्तक दिवसकै दिन पारेर पुस्तक वितरण

लोकेन्द्र जोशी / दार्चुला, वैशाख ५ गते । विद्यार्थीले यस वर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । चैत ५ गते मंगलबार पाठ्यपुस्तक दिवसको अवसरमा विद्यार्थीलाई पुस्तक वितरण गरिएको महेन्द्र नमुना मावि खलङ्गाका प्रधानाध्यापक रामदत्त जोशीले बताउनुभयो । विद्यार्थीलाई भर्नासँगै स्वागत गरिएको र किताब वितरण गरेर शुभकामनासहित घर पठाइएको बताउनुभयो । दार्चुलामा आधारभूत र माध्यमिक तहमा गरी […]


पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको विषयमा गरेको निर्णय खारेज : छानबिन समिति बन्‍ने

काठमाडौं, वैशाख ५ गते। सरकारले राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण तथा अन्तर आवद्धता सम्बन्धमा बनेको कार्यविधिमा व्यक्तिगत डेटा र राज्यको सुरक्षाका कुरा निजी कम्पनीलाई दिने पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको […]


तीन वर्षपछि नेपाल विकासशील राष्ट्रमा सूचीकृत हुने

काठमाडौं, वैशाख ४ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार गृह मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग उपप्रधानमन्त्री श्रेष्ठको भेट भएको हो । भेटमा अर्मिदाले अतिकम विकसित राष्ट्रको सूचीबाट सन् २०२६ मा हुने ग्राजुएसनका लागि राष्ट्रिय योजना आयोगको सहकार्यमा नेपालमा कार्यशाला गोष्ठी आयोजना गर्ने तथा […]


वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter