समाचार

राष्ट्रपतिले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएन : गृहमन्त्री खाण

काठमाडौं, भदौ ९ गते। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई पुनर्विचारका लागि फिर्ता पठाउनुअघि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर त्यस विषयमा ध्यानाकर्षण पनि नगराएको बताउनु भएको छ। राष्ट्रपतिले विधेयक वा अध्यादेशलाई जारी गर्नुपूर्व सम्बन्धित पक्षलाई बोलाएर केही विषयमा परामर्श गर्न र यसो किन भयो भनी जिज्ञासा राख्नुलाई अन्यथा मानिँदैन। संवैधानिक राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक […]


गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार

अमरराज नहर्की / तनहुँ, भदौ ८ गते । तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको […]


समावेशी अधिकार निश्चित समयसम्मका लागि हो : मन्त्री भुसाल

काठमाडौं, भदौ ८ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताउनुभएको छ। अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागद्वारा बुधबार आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हो, त्यसपछि क्षमताअनुसार नै काम र सुविधा पाइन्छ।” जनआन्दोलन र जनयुद्धको […]


निर्वाचन प्रचारमा २५ जना बढी सहभागी हुन नपाइने

काठमाडौं, भदौ ६ गते । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको बताउनुभयो । चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा सांसदहरुले नै निर्वाचन लड्न कठिन भएको […]


चाडपर्व लक्षित प्रहरीको भरपर्दो सुरक्षा योजना

काठमाडौं, भदौ ६ गते । प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी भरपर्दो सुरक्षा योजना निर्माण गर्न लागेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) रवीन्द्रबहादुर धानुकले सोमबार कार्यालयका प्रमुखहरुलाई नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गर्न मातहत कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय […]


दिवेश पोखरेल विश्व सदभावना दूत नियुक्त

काठमाडौं, भदौ ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरेललाई विश्व सद्भावना दूत नियुक्त गर्नुभएको हो । कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएकाले […]


कान्छीमायालाई ७२ वर्षमा नागरिकता

चित्र मिजार / सिन्धुपाल्चोक, भदौ ५ गते । बलेफी गाउँपालिका –७ का कान्छीमाया तामाङलाई ७२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त भएको छ । वडा अध्यक्ष गृबिन्द्र चौलागाइँले वडा मुचुल्का गरेर तामाङलाई नागरिकता दिलाउनु भएको हो । अविवाहित कान्छीमाया आफ्नो दिदीको छोरा रामबहादुर तामाङको आश्रयमा बस्दै आउनुभएको छ । बलेफी गापा –७ चिम्लिङबाट खाडीचौरस्थित वडा कार्यालय […]


मतदातालाई प्रभावित पार्ने कार्यक्रम सञ्चालन नगर्न निर्देशन

काठमाडौं, भदौ ४ गते । निर्वाचन आयोगले मतदातालाई प्रभावित पार्ने एवम् निर्वाचन स्वच्छता र निष्पक्षतामा प्रभाव पार्नेखालका कुनै पनि नयाँ आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न नगराउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले शनिबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो निर्देशन गर्नुभएको हो । आयोगले संघीय सरकार, प्रदेश […]


दुई पटक मात्र प्रधानमन्त्री हुने व्यवस्था गरौं : महामन्त्री शर्मा

काठमाडौं, भदौ ४ गते । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने धारणा उहाँको छ । एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन […]


सार्वजनिक विद्यालयमा आकर्षण हुनेगरी काम गर्न शिक्षा मन्त्रीको निर्देशन

काठमाडौं, भदौ २ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ। बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरेर विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभएकाे हाे । “स्थानीय तहसँग समन्वय गरेर कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्”, उहाँले […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter