समाचार

शोधनान्तर स्थिति बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो

काठमाडौं, वैशाख २७ गते । चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति रु एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति रु १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती […]


अवैध रुपमा वैदेशिक रोजागारीमा गएकालाई वैधता दिने सरकारको तयारी

काठमाडौं, वैशाख २६ गते । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ । मङ्गलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताउनुभएको हो । श्रममन्त्री […]


सेनाको सफा हिमाल अभियान जारी

काठमाडौं, वैशाख २६ गते । नेपाली सेनाको अगुवाईमा “सफा हिमाल अभियान-२०२३” अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाई कार्य जारी राखेको छ । तीन वटा समूहमा परिचालित टोलीले मिति २०८० वैशाख २४ गतेसम्म विभिन्न हिमालबाट २९ हजार ४०२ केजी फोहोर संकलन गरेको छ । अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म […]


चराविद डङ्गौरालाई राष्ट्रिय युवा प्रतिभा सम्मान

अविनाश चौधरी / धनगढी, वैशाख २५ गते । अढाई वर्षदेखि चरा संरक्षणमा क्रियाशील कैलालीका हिरुलाल डङ्गौरा राष्ट्रिय प्रतिभा सम्मानका लागि छनोट हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई आर्थिक वर्ष २०७९–८० मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानका लागि वातावरण संरक्षण क्षेत्रबाट छनोट गरेको हो । भजनी नगरपालिका –६ निवासी डङ्गौरा बाल्यकालदेखि वन, वातावरण, […]


‘आर्थिक वृद्धिदर खस्केको जिम्मेवारी सरकारले लिनुपर्छ’

काठमाडौं, वैशाख २५ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झुर्नुको जिम्मेवारी गठबन्धन सरकारले लिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजित विधेयक २०८० सिद्धान्त र प्राथमिकता छलफलमा उहाँले सो कुरा बताउनुभएको हो । २०७४ अघि औसतमा ४ प्रतिशतमा रहेको आर्थिक वृद्धि २०७४ […]


ज्येष्ठ र अपाङ्गता भएका पत्रकारका लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्नुहुँदै आइतबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता […]


नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौं, वैशाख २४ गते । नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब साढे तीन महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरूले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले […]


शिक्षकलाई कलामार्फत् शिक्षण सीप

कपिल ज्ञवाली / सिद्धार्थनगर, वैशाख २३ गते। तिलोत्तमा नगरपालिकाका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ। आधुनिक प्रविधिको विकाससँगै बालबालिकामा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकलाई कलामार्फत् शिक्षण विकास गराउन थालिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सांस्कृतिक […]


आर्थिक वर्षको बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीसँग छलफल

काठमाडौं, वैशाख २१ गते। अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तयारीका लागि पूर्व अर्थ मन्त्रीसँग छलफल गर्नुभएको छ। पूर्व अर्थ मन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको छ। छलफलमा पूर्व अर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशचन्द्र लोहनी, डा. युवराज खतिवडा, विष्णु […]


दक्ष महिला स्वाथ्यकर्मीको व्यवस्थापन र परिचालन हुन सकेन

सिर्जना खत्री / काठमाडौं, वैशाख २२ गते। सरकारले मिडवाइफ (महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी)को उचित नीतिगत व्यवस्थापन एवम् परिचालन गर्न नसकेको देखिएको छ। नेपाल मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष प्रा.गोमादेवि निरौलाले सरकारले मिडवाइफको उचित नीतिगत व्यवस्थापन एंव परिचालन गर्न नसकेको जानकारी दिनुभयो। नेपाल नर्सिङ परिषदमा दर्ता भएका मिडवाइफको उचित नीतिगत व्यवस्थापन एवम् परिचालन हुननसक्नु […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter