समाचार

बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड

काठमाडौं, वैशाख ३ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का अधिकारीसँगको छलफलमा यो विषय उठाउनुभएको हो। […]


दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति

काठमाडौं, वैशाख ३ गते। नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो। प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि […]


सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन

प्रेमराज सिम्खडा / कालीकोट, बैशाख २ गते । कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ । चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशनसहितको सूचना जारी गरेको हो । गाउँ […]


एकीकृत घुम्ती शिविरबाट तीन हजार बढीलाई सेवा

रमेश विश्वकर्मा / गुल्मी, बैशाख २ गते । गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो । गाउँपालिकाको आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअनुसार घरदैलोमा नै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यक्रम बमोजिम गत […]


हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं, चैत ३० गते। नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ। सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले जैविक विविधता तथा पर्यावरण […]


ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

काठमाडौं, चैत ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’’ उहाँले वैदेशिक पुँजी तथा […]


कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, चैत २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको […]


माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने

लक्ष्मी चौधरी / जनकपुरधाम, चैत २९ गते । राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे संघीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ । जनकपुरधाममा बुधबार आयेजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो […]


२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

काठमाडौं, चैत २८ गते । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा […]


सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने अभिव्यक्तिप्रति सरकार गम्भीर

काठमाडौं, चैत २८ गते। सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो। बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकाको फोहोर […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter