
काठमाडौं, वैशाख २१ गते। सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी-परीक्षण […]

काठमाडौं, वैशाख २१ गते। भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुह्लो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास र सुशीला ठाकुर स्मृति स्वास्थ्य फाउन्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। आज यहाँ आयोजित एक कार्यक्रममा दूतावासका प्रथम सचिव करुण वंशल र फाउन्डेसनका […]

नेत्र शाही / जुम्ला, वैशाख २० गते । राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेलले महिला हिंसा वा सामाजिक कुरीतिबाट कर्णालीवासी अहिले पनि ग्रसित रहेको बताउनुभएको छ । आयोगले जुम्लामा छाउपडी प्रथा, वोक्सि प्रथा, बालविवाहजस्ता कुरीति कायम रहेकाले जनचेतना जगाउनुपर्ने बताउनुभयो । अहिले पनि महिला छाउपडी मान्ने प्रचलन रहेको सुन्दा राम्रो नहुने भन्दै सामाजिक जागरणका कामहरू […]

काठमाडौं, वैशाख २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो। मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद […]

काठमाडौं, वैशाख १९ गते। राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने र प्रक्षेपण गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो। सरकारले चालु आर्थिक वर्षको […]

काठमाडौं, वैशाख १९ गते। चालु आर्थिक वर्ष २०७९/०८० मा कूल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशतले वृद्धि भई अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब ३४ करोड हुने प्रक्षेपण गरिएको छ। चालु २०७९/८० को राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी जानकारी दिने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रक्षेपण सार्वजनिक गरिएको हो। […]

काठमाडौं, वैशाख १० गते। बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदी प्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ। झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली कोरिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ। सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ। यद्यपि, […]

काठमाडौं, वैशाख १० गते। अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, […]

काठमाडौं, वैशाख ९ गते। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको चार प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गर्दै समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ। शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बाेधन गर्नुहुँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो। उहाँले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको […]

राजन रावत / हुम्ला, बैशाख ९ गते । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयको गोदाममा खाद्यान्न मौज्दात एकदम न्यून हुँदा बिक्री गर्न समस्य भएको छ । हवाई तथा पैदल मार्गबाट चालुु आर्थिक वर्षका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीको जिम्मा लिएका नीजि एयरलाईन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएको सप्लायर्सले समयमै खाद्यान्न ढुवानी नगर्दा […]