समाचार

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री पुर्‍याउन पहल गर्छौंः मन्त्री पौडेल

काठमाडौँ, असोज २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाएको […]


डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

कपिल ज्ञवाली / सिद्धार्थनगर, असोज २३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । वडा ९ को कठौतियामा भैरहवा एग्रिकल्चरल सुपरमार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रालिमार्फत भैरहवा कृषि बजार सञ्चालनमा आएको हो । २०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उद्घाटन गरिएको सञ्चालक रतन गुप्ताले बताउनुभयो । […]


मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

काठमाडौँ, असोज २२ गते। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । ‘मन्त्रीज्यू र […]


कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

काठमाडौँ, असोज २२ गते। गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। नेपालस्थित कोरियाली दूतावासले त्यहाँको सरकारले आज यस्तो निर्णय गरेको जनाएको हो। यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनः स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने […]


युवाहरूलाई देशमै बस्ने अवस्था सिर्जना गर्न सुझाव

काठमाडौँ, असाेज २१ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच सोमबार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासन सत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरूलाई देशमै बस्ने अवस्था सिर्जना गर्न सुझाव दिनुभएको हो । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिएर स्वदेश […]


नेपालमा ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा

काठमाडौँ । नेपालमा कुल जनसङ्ख्यामध्ये ४६ लाख जनसङ्ख्यालाई खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कुनै नकुनै प्रकारले खाद्य असुरक्षा रहेको जनसङ्ख्या ४६ लाख रहेको बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले घरपरिवारको हिसाबले करिब आधा जनसङ्ख्यामा खाद्य असुरक्षा देखिएको बताए । उनले जम्मा […]


छोटो दुरीको हेटौँडा–काठमाडौँ सडक आइतबारबाट सञ्चालन हुने

राममणि दाहाल / हेटौँडा, असोज १९ गते । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो । एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र […]


बडादसैँको तेस्रो दिन : गरियो चन्द्रघण्टा देवीको पूजाआराधना

काठमाडौँ, असोज १९ गते । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन […]


अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण रह्यो : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असोज १८ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित […]


विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ, असोज १८ गते। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। शुक्रबार बिहान एयरपोर्ट भएको उहाँले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उड्डयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका सम्बद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो। नेपालको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter