समाचार

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ, असोज २९ गते। चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो। राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘देशको […]


गुल्मीलाई ८० हजार सुन्तलाको बिरुवा आवश्यक

रमेश विश्वकर्मा / गुल्मी, असोज २८ गते । गुल्मीमा प्रत्येक वर्ष ८० हजार सुन्तलाको बिरुवा आवश्यक पर्ने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र अन्य विभिन्न संघ संस्थाबाट सञ्चालित कार्यक्रमका लागि ८० हजार बिरुवा आवश्यकता पर्ने देखिएको हो । हाल जिल्लामा करिब २० हजार मात्र […]


म्याग्दीको तातोपानी : अर्गानिक खानादेखि प्राकृतिक चिकित्सालयसम्म

म्याग्दी, असोज २८ गते । दसैँको बिदामा नयाँनयाँ ठाउँ घुमघाम गर्ने, मनोरञ्जन लिने र नयाँनयाँ परिकारको स्वाद चाख्ने सबैको चाहना हुन्छ । यदि तपाईंलाई पनि यस्तो चाहना छ भने प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी उपयुक्त हुनसक्छ । बेनी नगरपालिका–४ मा पर्ने तातोपानी सदरमुकाम बेनी बजारदेखि नौ किलोमिटर पश्चिममा पर्दछ । बेनी बजारबाट सवारीसाधनमार्फत त्यहाँ […]


बिदामा आफैले उत्पादन गरेको तरकारी बेच्दै विद्यार्थी

राधाकृष्ण डुम्रे / वालिङ, असोज २८ गते । स्याङ्जाको वालिङ नगरपालिका–१४ हिमशिखर निमाविका विद्यार्थी दसैँ बिदामा तरकारी बिक्री गर्न व्यस्त छन् । विद्यालयको करेसाबारीमा उत्पादन गरेका तरकारी विद्यार्थीले बेच्दै आएका छन् । ‘एक विद्यालय एक करेसाबारी’ कार्यक्रम अन्तर्गत विद्यालयमा विभिन्न प्रकृतिका तरकारी लगाइएको छ । विद्यार्थीहरु आफैले लगाएको तरकारी आफैले बेच्दै आएको विद्यालयका प्रधानाध्यापक मित्रलाल […]


रैथाने गाई संरक्षण गर्न किसानलाई भत्ता

रमेश विश्वकर्मा / गुल्मी, असोज २७ गते । गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिने भएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गमा स्थानीय गाई संरक्षणका लागि किसानलाई प्रोत्साहन भत्ता प्रदान गर्न लागिएको हो । स्थानीय गाई लोप हुन लागेको भन्दै यहाँका पाका पुस्ताबाट चासोका साथ गुनासो आएसँगै वडाले रैथाने […]


मान्यजनबाट टीका र जमरा थाप्नेक्रम जारी

काठमाडौँ, असोज २७ गते। दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप टीका र जमरा लगाउन मान्यजनकहाँ जाने गरिन्छ। यो क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति […]


बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

काठमाडौँ / असोज २४ गते। विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन्। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो। आपत्कालीन […]


आजबाट सुपथ मूल्य पसल बन्द, अब दसैँपछि खुल्ने

काठमाडौँ, असोज २४ गते । देशभरमा ४२ जिल्लाको ६५ स्थानमा असोज ३ गतेदेखि सञ्चालन भएको सुपथ मूल्य पसल आजबाट बन्द भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारदेखि खसी–बोका बजार बोका खुला रहेपनि खाद्यान्न पसल बन्द रहने बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार काठमाडौँ […]


विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री पुर्‍याउन पहल गर्छौंः मन्त्री पौडेल

काठमाडौँ, असोज २३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पुर्‍याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवश्यक सामग्री मन्त्रालयले पठाएको […]


डेढ करोड लगानीमा कृषि बजार सञ्चालन

कपिल ज्ञवाली / सिद्धार्थनगर, असोज २३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा ९ मा भैरहवा कृषि बजार सञ्चालनमा ल्याइएको छ । वडा ९ को कठौतियामा भैरहवा एग्रिकल्चरल सुपरमार्केट एण्ड मल्टि टे«डिङ कन्सर्न प्रालिमार्फत भैरहवा कृषि बजार सञ्चालनमा आएको हो । २०८१ साउन १२ गते सुरु भएको बजारको औपचारिक उद्घाटन गरिएको सञ्चालक रतन गुप्ताले बताउनुभयो । […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter