समाचार

नीति तथा कार्यक्रमबारे स्वास्थ्यमन्त्रीद्वारा सांसदसँग छलफल

काठमाडौं, वैशाख २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषय र बजेटका सन्दर्भमा दुबै सदनका सांसदहरूसँग सुझाव लिनु भएको छ । यसअघिका स्वास्थ्यमन्त्रीले भन्दा पृथक ढंगलले मन्त्री ढकालले सोमबारबाट प्रतिनिधसभाका सदस्यहरूसँग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषय जनताको तर्फबाट निर्वा्चित भएका दशैभरका प्रतिनिधिसँग सुझाव लिन सुरू गर्नुभएको […]


नेपालमा काेराेना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको चिकित्सककाे भनाइ

सिराज खान / गोविन्द शर्मा / नेपालगञ्ज, वैशाख २२ गते । एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य सामाग्रीसहित केन्द्र र प्रदेशबाट विज्ञसहितको प्राविधिक टोली आउन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । टोलीले सबै अवस्थाको निगरानी गर्नुका साथै परीक्षणलाई बढाउने तथा बढी भन्दा बढी मानिसहरुलाई परीक्षणको दायरामा ल्याउन रणनीति […]


भरतराज गौतम संघीय संसदको महासचिवमा नियुक्त

काठमाडौं, वैशाख २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार डा. भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गर्नुभएको छ । गौतम कास्की जिल्लाको लामाचौर – ५ निवासी हुनुहुन्छ । प्रतिनिधिसभाका अध्यक्ष र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा गौतमलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले उहाँलाई नियुक्त गर्नुभयाे ।


एफएओले नेपाललाई चार अर्ब ६९ करोड अनुदान दिने

काठमाडौँ, वैशाख २१ गते । हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ । चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट […]


पर्यटन उकास्न सहकार्यको तयारी

काठमाडौँ, वैशाख २० गते । कोरोना भाइरसले निम्त्याएको महामारीबाट पर्यटन क्षेत्र प्रभावित भएपछि नेपाल र भारतले आपसी सहकार्य र समन्वयको तयारी सुरु गरेका छन् । दुई देशबीच सम्भावित सहकार्यका सन्दर्भमा शुक्रबार भएको अनलाइन छलफलले बजारीकरण र प्रवद्र्धनमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । यसका लागि दुवै देशले आफ्ना पर्यटन सम्बद्ध सङ्घ संस्थालाई सक्रिय बनाउने […]


विपद् पत्रकारितासम्बन्धी ३–दिने अनलाइन तालिम सम्पन्न

काठमाडौँ / कान्तिपुर सिटी कलेज तथा संयुक्त अधिराज्यस्थित बर्नमथ विश्वविद्यालयको संयुक्त आयोजनामा विपद् पत्रकारितासम्बन्धी ३–दिने वेबिनार शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ सञ्चारविद् प्राध्यापक रामकृष्ण रेग्मीले विपद् के हो, किन विपद् सञ्चार आवश्यक छ, विपद्का बेला आमसञ्चारको भूमिका के हुन्छ तथा कसरी मिडिया पूर्वतयार हुन सक्छ भन्ने विषयमा प्रस्तुति दिएका छन्। ‘हालको कोभिड–१९ महामारी जनस्वास्थ्य […]


छैन मूल्य हरियो पत्तीको

प्रेम अधिकारी / इलाम , वैशाख २० गते । चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर । यसपटक चिया दिवसमा पनि चिया किसान, उद्योगी, व्यवसायी खुसी भएनन् । हरेक […]


सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै, जहाज पठाउने तयारी

रमेश लम्साल / काठमाडौँ, वैशाख १९ गते । नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री […]


सामाजिक सुरक्षामा पहल लिन सङ्घीय संसद् तयार: सभामुख

काठमाडौँ, वैशाख १९ गते । सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा साामजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गर्नुभएको छ । उहाँले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका, असङ्गठित र सङ्गठित क्षेत्रका मजदुरले रोजगारी गुमाउनुपर्नेसम्मको अवस्था सिर्जना भएकाले राज्यलाई तत्कालीन र दीर्घकालीन योजनासहित राहत […]


नेपालमा कोरोनाको आशंकामा ५८ हजार ८ सय ७१ काे परीक्षण

काठमाडौं, वैशाख १८ गते । नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ती मध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter