समाचार

नक्शा जारी गर्दा सरकार फेरिने हाम्रो कमजोर राष्ट्रियता होइन : प्रम

काठमाडौँ, असार १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापे वापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गर्नुभएको छ । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज)को प्रकाशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ विषयको कार्यक्रममा नेपाल […]


बैङ्किङ कसुरकाे अभियाेगमा राष्ट्रिय वाणिज्य बैङ्कका शाखा प्रबन्धक पक्राउ

राँझा, असार १३ गते । सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैङ्क त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । एक करोड २५ लाख रुपियाँ ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी […]


थप दश वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौँ, असार १२ गते । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी […]


तीन दिन मुलुकभर मनसुन सक्रिय हुने

नारायण ढुङ्गाना / काठमाडौँ, असार ११ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन÷चार दिनसम्म जारी […]


सार्वजनिक सवारी थन्किएकाे धेरै भयाे, पार्टपुर्जा बिग्रन थाले

काठमाडौँ, असार ११ गते । सार्वजनिक यातायातका सवारी साधन तीन महिनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेका छन् । व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् त कति सवारी भने ग्यारेजको अभावमा […]


उपत्यकामा दुईसहित थप ६२९ सङ्क्रमित, कुल सङ्क्रमित दश हजार ७२८ पुग्याे

काठमाडौँ, असार १० गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या […]


खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने

काठमाडौँ, असार १० गते । खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टाइनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी […]


विश्व बैङ्क र सरकारबीच १० करोड डलरकाे आर्थिक सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, असार १० गते । विश्व बैङ्कले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैङ्कसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर […]


रासायनिक मल र बीउ तत्काल उपलब्ध गराउन सरकारसँग सांसदको माग

काठमाडौँ, असार ९ गते । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ […]


स्वास्थ्य मन्त्रालयले भन्यो– काठमाडौं भित्रिने व्यक्तिले पिसिआर परीक्षण गर्नुपर्दैन, १४ दिन होम क्वारेन्टाइनमा बसिदिनू

काठमाडौँ, असार ९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने व्यक्तिले विना कुनै लक्षण पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । सम्भावित जोखिमलाई ध्यान दिँदै १४ दिन होम क्वारेन्टाइनमा भने बसिदिन आग्रह गरेको छ । भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाउने गरेका गुनासा आइरहेका […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter