
काठमाडौँ, वैशाख १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उहाँले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च […]

मेलम्ची, वैशाख ९ गते । सिन्धुपाल्चोकमा लकडाउनको समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरिएको छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सिन्धुपाल्चोकले लकडाउनका समयमा पनि ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना […]

काठमाडौँ, वैशाख ९ गते । अदालतमा भीड बढ्ने गरी सेवा विस्तार गरेकोमा कर्मचारीले असन्तुष्टि जनाएपछि सर्वोच्च र मातहतका अदालतमा अत्यावश्यकबाहेकका अन्य मुद्दा सुनुवाइ नगर्ने नीति अख्तियार गरिएको छ । अदालतहरूमा अहिले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक थुनछेक मुद्दा मात्र सुनुवाइ भइरहेका छन् । सर्वोच्चमा भने बन्दीसहित, कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित रिट निवेदन तथा सर्वोच्चकै फैसला पुनरवलोकन […]

वसन्त पराजुली / भरतपुर वैशाख ८ गते । कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुरले आफ्नै गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो । “हामीले तितेपातीकै ह्याण्ड स्यानिटाईजर उत्पादन गरेका छौ”, केन्द्रका निर्देशक डा. ईश्वरी प्रसाद कडरियाले भन्नुभयो । स्यानिटाईजरमा तितेपातीसगै […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, वैशाख ८ गते । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुग्नुभयो । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न किरियापुत्री घरका विषयमा बुझ्दा एक सातादेखि सेवा […]

पूर्णप्रसाद मिश्र / काठमाडौँ, वैशाख ७ गते । कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको भिडियो सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिनुभएको हो । कोरोनासँगै […]

काठमाडौँ, वैशाख ७ गते । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर सञ्चालनमा नआएका ५० उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद क्रिी गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज गरेको हो । उद्योग विभागमा ग्यास उद्योग दर्ताका […]

काठमाडौँ , वैशाख ६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भेटवार्ता भएको छ । कोरोना भाइरसले सिर्जना गरेको जटिल स्थिति, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा परेका नागरिकहरूलाई राहत दिने विषयमा छलफलका लागि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । बालुवाटार स्रोतका […]

पोखरा, वैशाख ६ गते । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ । सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन् । पोखरा महानगरपालिका वडा नं १० […]

हेटौंडा, वैशाख ५ गते । वागमती प्रदेश सरकारले लकडाउनका कारण किसानलाई पर्न गएको समस्या समाधानका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’ सञ्चालन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लकडाउनमा किसानको सहजताका लागि ‘एग्री ट्रान्सपोर्ट कल सेन्टर’को सञ्चालन गरेको हो । कारोना भाइरसको महामारी फैलन नदिन सरकारले लकडाउन गरेको अवस्थामा कृषि उपजहरुको ढुवानी, […]