समाचार

लकडाउनमा घर बसेकाको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

काठमाडौं, वैशाख १५ गते । नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ । आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे । सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब […]


निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

सराेज ढुंगेल / काठमाडौं, वैशाख १५ गते। मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न […]


झापामा थप एकमा कोरोना पुष्टि, कुल संख्या ५२ पुग्यो

काठमाडौं, वैशाख १४ गते । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको […]


घरमै रही रमजान व्रत शुरु

काठमाडौँ, वैशाख १३ गते । मुस्लिम धर्मावलम्बीले सामाजिक दूरी कायम गर्दै घर घरमै रही एक महिने कठोर रमजान व्रत शुरु गरेका छन् । इस्लामिक पात्रोअनुसार नवौँ महिनामा रमजान व्रत गर्ने विधि रहेको घण्टाघरस्थित नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले जानकारी दिनुभयो । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । व्रतका […]


सरकारको प्रभावकारी कदमले डब्लुएचओले नेपाललाई कोरोनाको अतिउच्चबाट उच्च जोखिममा झार्यो

शरद शर्मा /काठमाडौँ, वैशाख १३ गते । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला […]


माग धान्न नसक्दा पोखरामा खाद्यको चामल बिक्री बन्द, तीन दिनमै बिक्यो ७३० क्विन्टल

पोखरा, वैशाख १३ गते । । सरकारी स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गण्डकी अञ्चल कार्यालयले मागका अनुपातमा आपूर्ति व्यवस्था मिलाउन नसक्दा चामलको बिक्री बन्द गरेको छ। बन्दाबन्दीसँगै बजारमा खाद्यान्नको सहज आपूर्ति नभएको अवस्थामा कम्पनीको पोखरास्थित गण्डकी अञ्चल कार्यालयमा सर्वसाधारणको चाप बढेको थियो । तीन दिनको अन्तरालमा मात्रै पोखरा कार्यालयबाट ७३० क्विन्टल चामल बिक्री […]


ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न टोली गठन

काठमाडाैं, बैशाख १२ गते । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजीकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीको समूह […]


प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच भेट

काठमाडाैं, बैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकशित पछिल्ला घटनाक्रम बारे नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएकाे छ । साेही क्रममा प्रधानमन्त्री ओली, प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि संयुक्त छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे । भेटमा पछिल्लो परिस्थितिका बारेमा छलफल हुनुका साथै परस्पर समझदारीमा जाेड दिइएकाे […]


यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय : लकडाउन अझैँ लम्बिनसक्ने

काठमाडौं , बैशाख ११ गते। कोरोना भाइरस नियन्त्रणका लागि १५ वैशाखसम्म थपिएको लकडाउन अझैँ लम्बिनसक्ने भएको छ । छिमेकी देशमा पनि कोरोना भाइरस जोखिमको कम नभएकाले सरकारले लकडाउन अवधि अझैँ लम्ब्याउन सक्ने भएको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले पनि आज कोरोना विश्वव्यापी महामारी भएकाले छिमेकी मुलुकमा कोरोना […]


आज थप तीन संक्रमित फेला परे, कुल संक्रमित ४५ पुग्यो; सेती अस्पतालमा उपचार गराइरहेका अर्का काेराेना संक्रमित डिस्चार्ज

काठमाडौं, वैशाख १० गते । नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो । अाज संक्रमण पुष्टि भएका २४ ६० र ७२ […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter