सिबी अधिकारी / काठमाडौं, फागुन २५ गते । कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर पार्ने खतरा देखेका व्यवसायीले पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ठूलो लगानी भएको हवाई क्षेत्रले बढी मार खेप्नुपरेको जनाएका हुन् […]
काठमाडौं, फागुन २५ गते । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे […]
काठमाडौँ, फागुन २४ गते । कीर्तिपुर नगरपालिकाले ‘सार्वजनिक शौचालयसम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन’ पारित गर्दै कार्यान्वयनमा अगाडि बढाएको छ । साथै आगामी वर्षदेखि सार्वजनिक शौचालयको योजना बनाउने तयारीमा जुटेको छ । सार्वजनिक शौचालयलाई व्यवस्थित बनाउन ल्याइएको सो मार्गदर्शन कार्यान्वयन गर्ने सो नगरपालिका काठमाडाँै उपत्यकाभित्रका नगरपालिकामध्ये नै पहिलो बनेको जनाइएको छ । नगरको सरसफाइ र स्वच्छ […]
काठमाडौँ, फागुन २४ गते । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजवाद निर्माणको आधार तयार गर्न सरकारलाई हरहालतमा सफल बनाउनुपर्ने बताउनुभएको हो । “सरकारलाई सफल नबनाइए जनतामा निरासा छाउँछ, […]
काठमाडौँ, फागुन २३ गते । कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ । कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार […]
काठमाडौँ, फागुन २३ गते । बुधबार मिर्गौलाको प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताउनुभएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाप्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहनुभएका प्रधानमन्त्रीले आज प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफँैले टेलिफोन गरी आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको बताउनुभएको छ । “मेरो स्वास्थ्यमा राम्रो सुधार हुँदै गइरहेको छ । म […]
दीपक श्रेष्ठ / काठमाडौँ, फागुन २२ गते । अर्थ तथा सञ्चार मन्त्री डा.युवराज खतिवडाले कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण रोक्न विदेशी प्रवेश गर्ने मुख्य मार्ग र सिमानामा कडा सुरक्षा जाँच सुरु गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.खतिवडाले मुलुकभित्र कोभिड–१९ सङ्क्रमण अहिलेसम्म नदेखिएको चर्चा गर्दै कोरोनाबारे भय र त्रास होइन सतर्कता र […]
नेपालगञ्ज, फागुन २२ गते । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो । योजनाअन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ््याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता […]
काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते […]
काठमाडौँ, फागुन २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस (कोभिड–१९) ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिनुभएको छ । कोरोनाभाइरसले पर्यटन उद्योगमा पार्नसक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग आज मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराईले […]