
मोहम्मद सदरुल / विराटनगर, वैशाख ५ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग […]

हेटौँडा, वैशाख ४ गते । द्रुत परीक्षण किटको प्रयोग गरी भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रम परीक्षण सुरु भएसँगै बाग्मती प्रदेशमा १२ जनामा पोजेटिभ देखिएको छ । द्रूत परीक्षण किट अर्थात ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) बाट कोरोना भाइरसको एन्टी बढी परीक्षण गर्दा बाग्मती प्रदेशको मकवानपुरमा चार जनासहित १२ जनामा पोजेटिभ रिपोर्ट […]

प्रकाश सिलवाल / काठमाडौँ, वैशाख ४ गते । कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज सातै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भएको भिडियो कन्फरेन्स्मा कक्षा […]

काठमाडौं, बैशाख ३ गते । सनसिटीमा बसेका एकै परीवारका ¥यापिड टेस्टमा तीन जनाका कोरोना पोजेटिभ देखिएको पछि गरिएको पीसीआर विधिबाट परीक्षण गर्दा सो परिवारको एक जना (बुहारी) मा भने संक्रमण फेला नपरेको बताइएको छ । सो परिवारका दुई जना ८१ वर्षिया आमा र ५८ वर्षिया छोरामा संक्रमण पाइएको थियो । अर्को एक सदस्यको दोहो-याएर जाँच […]

काठमाडौँ, वैशाख ३ गते । काठमाडौँ, वैशाख ३ गते । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो । आयोगको सदस्यहरुमा भिमबहादुर कार्की(पोखरा), जगत देउजा (सिन्धुपाल्चोक), मञ्जली शाक्य ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) हुनुहुन्छ । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित हुनुभएको […]

ध्यान कुलुङ / सङ्खुवासभा। सिलिचोङ गाउँपालिका १ सिसुवाखोला गाउँपालिकाका राजकुमारी राईले अहिले दैनिक ७ मिटर अल्लोको कपडा बुन्नुहुन्छ । अरु बेला ५ मिटर जत्ती मात्र कपडा बुन्नुहुने राईले लक डाउनको समयमा अहिले ७ मिटरसम्म बुन्दै आउनुभएको हो । सिसुवाखोला गाउँका राजकुमारी राई मात्र नभएर लक डाउनको समयमा कपडा बुन्ने महिलाहरुको संख्या बढेको छ । कोरोना […]

काठमाडौं, बैशाख २ गते । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गाैलारोगीलगायतलाई नि:शुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने भएको छ । जटिल प्रकृतिका रोगबाट प्रताडित बिरामीलाई अस्पतालसम्म पुर्याउन र ल्याउन महानगरपालिकाले आर्थिक सहयोग गरी नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको हो । महानगरपालिकाले सोमबार संयुक्त एम्बुलेन्सचालक संघ नेपालसँग त्यस्ता बिरामीलाई ओसारपसार गर्दा लाग्ने शुल्क दिने सहमति गरेको हो […]

नीरज गौतम र सागर शर्मा / नेपालगञ्ज, वैशाख १ गते । बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारीले बजार नपाउँदा […]

रमेश लम्साल / काठमाडौँ, चैत ३० गते । कोरोना भाइरसको सङ्क्रमण भएको खण्डमा व्यवस्थित तवरले उपचार गर्नका लागि सरकारले स्थापना गरेको सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो अस्पतालको आज उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललगायतले आज स्थलगत निरीक्षण गर्नुभएको छ […]

रमेश लम्साल / काठमाडौँ, चैत ३० गते । सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा आवागमन […]