समाचार

विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ […]


सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस ८ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो । आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने […]


राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश

काठमाडौँ, पुस ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को […]


तीन वर्षभित्र कर्णालीमा पूर्ण विद्युतीकरण

काठमाडौँ, पुस ७ गते । चालू आर्थिक वर्षभित्रै ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिइरहँदा कर्णाली प्रदेशका १० जिल्लामा भने विद्युतीय पहुँचमा कमजोर छ । नेपाल विद्युत् प्राधिकरणमार्फत हालसम्म यो प्रदेशमा २७.२९ प्रतिशत मात्र विद्युतीकरण भएको छ । प्रदेशभर नेपाल विद्युत् प्राधिकरणका ग्राहक सङ्ख्या ८५ हजार छन् । सबैभन्दा बढी सुर्खेतमा ५८ र कम जाजरकोटमा […]


भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण

काठमाडौँ, पुस ६ गते । मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो । […]


६० जिल्लामा टेलिकमको फोरजी; टेलिकमकाे फाेन नम्बर अब वेभसाइटबाटै पाउने

काठमाडौँ, पुस ६ गते । गत असोज १५ मा एकैपटक ३६ जिल्लामा फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले ६० जिल्लामा यसको विस्तार गरेको छ । टेलिकमले नौ सयभन्दा बढी साइट स्थापना गरी ६० जिल्लाका मुख्य सहर र नगरपालिकामा यो सेवा विस्तार गरेको जनाएको छ । योसँगै टेलिकम नेपालमा सबैभन्दा धेरै स्थानमा फोरजी नेटवर्क विस्तार गर्नेमा […]


भक्तपुरमा भ्रमण वर्षको तयारी : उत्कृष्ट गन्तव्य छानिए पर्यटक आगमन भने घट्दो

भक्तपुर, पुस ५ गते । सरकारले बीस लाख पर्यटक भित्र्रयाउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष–२०२०’ दश दिनपछि सुरु हुँदै छ । भक्तपुरमा पनि भ्रमण वर्षका लागि विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । भक्तपुरले मुख्य–मुख्य गन्तव्यसमेत छनोट गरिसकेको छ । तर, पर्यटकीय पूर्वाधारको कमी, आवश्यक पर्यटकीय सेवासुविधाको अभावलगायत कारणले पर्यटकको आगमन भने घट्न थालेको छ । विगतका वर्षमा […]


विद्युतीय चुलोको गुणस्तर मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा जोड

ललितपुर पुस ५ गते । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले नेपालमा विद्युत्को उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले यहाँ आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उहाँले […]


वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण कामलाई अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको छ – महानिर्देशक डा. भुसाल

काठमाडौँ, पुस ४ गते । विगतमा चरम बेथिति भएको क्षेत्रका रुपमा चर्चा हुने वैदेशिक रोजगार पछिल्ला दिनमा भने निरन्तर सुधारको प्रक्रियामा देखिएको छ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको कार्य सञ्चालन प्रभावकारिता’सम्बन्धी छलफलमा सहभागी सरोकारवालाले सकारात्मक सुधारलाई निरन्तरता दिँदै […]


बंगलादेश सरकारले ग-याे माथिल्लो कर्णालीको विद्युत् खरीद गर्ने निर्णय

रमेश लम्साल / काठमाडौँ, पुस ४ गते । बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ । भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो । जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter