समाचार

चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौँ, चैत २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस बिरुद्धको लडाइँमा अघिल्लो पङ्तीमा रहेर काम गर्ने चिकित्सक र स्वास्थ्कर्मीको मनोबल बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री ढकालले चिकित्सक र स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षा सामग्री अभाव हुनै नदिने प्रतिबद्धता व्यक्त गर्दै कोरोना बिरुद्ध लड्न नागरिकको साथ र सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । […]


प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, चैत्र २२ गते । अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराग खतिवडाले बताउनुभयो । त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा ¥यापिड टेस्ट मार्फत संक्रमण […]


बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

सिबी अधिकारी / काठमाडौँ, चैत २२ गते । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र […]


विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : मन्त्री ढकाल

काठमाडौँ, चैत २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको बताउनुभएको छ । जनस्वास्थ्यका विज्ञसँग मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार विज्ञको सल्लाहअनुसार नै उच्च सतर्कता अपनाउँदै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताउनुभयो । […]


लकडाउन’ लम्बिएसँगै घर फर्किए मेलम्ची खानेपानी आयोजनाका कामदार

सञ्चिता घिमिरे / काठमाडौँ, चैत २१ गते । सरकारले अत्यावश्यक वस्तुसँगै ठूला आयोजनालाई तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न दिने निर्णय गरे पनि मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार भने धमाधम घर फर्किएका छन् । सरकारले ‘लकडाउन’ लम्बाउँदा राष्ट्रिय गौरबको सो आयोजनामा कार्यरत कामदारमध्ये अधिकांश नेपाली घर फर्कएका हुन् । पहिलो पटक ‘लकडाउन’ घोषणा हुँदा […]


‘डेरावाल सरकारी कर्मचारीले राहत पाउँदैन’

काठमाडौँ, चैत २१ गते । काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे आज सञ्चारकर्मीहरुलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो – “डेरामा बस्नेहरुलाई मात्र राहत बाँड्ने भन्ने होइन । […]


कोरोना महामारी रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी र परिस्थितिलाई सहज तथा सन्तुलित बनाउन निर्देशन

काठमाडौं, चैत २१ गते । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाईरस कोरोना–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि स्थापना गरिएको छाउनीस्थित ‘कोभिड–१९ क्राइसिस म्यानेजम्याण्ट सेण्टर (सिसिएमसी)’ कार्यालयको शुक्रवार निरीक्षण गर्नु भएको छ । सिसिएसीका संयोजक समेत रहनु भएका पोखरेलले कोभिड–१९ क्राइसिस म्यानेजम्याण्ट सेण्टर (सिसिएमसी) को कार्यालय स्थापनासँगै हालसम्म भए गरेका काम कारवाहीको वारेमा जानकारी […]


नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो; उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

काठमाडौँ, चैत २० गते। नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ६ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो भएको परीक्षणमा एकजनामा यसको संक्रमण देखिएको हो । ४ चैतमा कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । यसबारे थप विवरण आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]


मार्सी धानको वीउ राख्दै किसान

नेत्र शाही / खलङ्गा, चैत २० गते । लक डाउनले शहर ठप्प छ । तर गाउँमा किसानहरु आफ्नो खेतबारीमा रमाएका छन् । बिहीबार जुम्लाको चर्चित कालीमार्सी र रातीमार्सी धानको किसानले यतिबेला वीउ राख्नमा व्यस्त भएका छन् । जुम्लामा परम्परागत संस्कार अनुसार किसानले चैत २० गते धानको वीउ राख्ने चलन अनुसार जुम्ली किसानले खेतमा धानको वीउ […]


रगतको कमी हुन नदिन मोबाइल टोली

भीष्मराज ओझा / काठमाडौँ, चैत १९ गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ । लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव हुन नदिन नियमित काठमाडौँ उपत्यकामा रक्तदाता (स्वयंसेवी)लाई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter