
काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणाली विनालोकतन्त्र फष्टाउन नसक्ने बताउनुभएको छ । निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उहाँले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा […]

उत्तमकुमार उपाध्याय / रौतहट,फागुन ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा आजदेखि शुरु भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको उद्घाटन गर्दै उहाँले कर्णाटकालीन इतिहास बोेकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँंगै जोडिएको पतौरामा हजारौंँ वर्ष […]

काठमाडौं, फागुन ६ गते । चीनको हुवान प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ । वुहानबाट १७५ जना नेपालीलाई काठमाडौँ ल्याएको सो वाइड बडी जहाजले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डअनुरुप ४८ घण्टा क्वारेन्टाइनको समय पार गरेपछि नियमित उडानमा फर्किएको हो […]

काठमाडौँ, फागुन ५ गते । काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गर्नुभएको हो । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

काठमाडौँ, फागुन ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । यसअघि उक्त […]

काठमाडौँ, फाल्गुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो […]

मुकुन्द गैरे / काठमाडौं फागुन ४ गते ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण क्षति भएका निजी आवास निर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निमाणको काम परिणाममुखी नभएको जनगुनासो आईरहेको बेला प्राधिकरणले उल्लेखनीय काम भएको दावी गरेको हो । प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले भूकम्प बढी प्रभावित १४ […]

काठमाडौँ, फागुन ३ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गर्नुभएको छ । सन् २०१३ देखि यहाँस्थित पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही रु. […]

काठमाडौं, फागुन ३ गते । मच्छिन्द्र युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले पहिलो पटक लिगको उपाधि उचाल्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यसअघि लिगको […]

काठमाडौँ, फागुन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताउनुभएको छ । क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । डिजिटलको दुरुपयोग […]