समाचार

गोकर्ण फरेस्टको जग्गामा गाई चर्ने अवस्था आउन नदिएका हौं : नेपाल ट्रष्ट

काठमाडौँ, पुस ११ गते । नेपाल ट्रष्टले कानुन अनुसार नै गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि थप गरेको जनाएको छ । ट्रष्टले शुक्रबार पत्रकार सम्मेलन गरी पुरानो सम्झौता कायमै रहँदा नयाँ सम्झौता गर्न सकिने कानूनी व्यवस्थाका आधारमा यति समुहलाई थप २५ वर्षका लागि भाडामा दिने निर्णय गरेको स्पष्ट पारेको हो । ट्रष्टका सहसचिव राजेश्वर ज्ञवालीले […]


राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक स्वीकृत

काठमाडौँ, पुस १० गते । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा युवराज खतिवडाले जरिवाना र दण्ड बढाएर मात्रै चुहावट नियन्त्रण हुँदैन भन्ने र अर्बौं चुहावट हुँदा पनि कुनै कारवाही नहुने भन्ने दुई सैद्धान्तिक दृष्टिकोणका […]


काष्ठमण्डप पुनर्निर्माण तीव्र गतिमा

शिवा तामाङ / काठमाडौँ, पुस १० गते । ऐतिहासिक तथा पुरातात्विक महìवको सम्पदा काष्ठमण्डपको पुनर्निर्माणको काम आधाभन्दा बढी सकिएको छ । वि.सं. २०७५ वैशाखबाट सुरु भएको पुनर्निर्माणको काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निर्माणको काम ५५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयोे । प्राचीन महìवको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ […]


भ्रमण वर्षमा रत्नमन्दिर खुल्ने

चिप्लेढुङ्गा, पुस १० गते । पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने रासससँगको कुराकानीमा बताउनुभयो । उहाँले भन्नुभयो , “नेपाल ट्रष्टका […]


विकास र समृद्धिको अभियानमा जुट्न प्रधानमन्त्रीबाट आह्वान

काठमाडौँ, पुस ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदैे विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक […]


भ्रमण वर्ष २०२० को उद्घाटन समारोहबारे नगरपालिकाहरूसँग छलफल

काठमाडौँ, पुस ९ गते । सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौं उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ । दैनिक जस्तो विभिन्न निकायहरुसँग छलफलमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुसँग छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले हवाई […]


गाउँभरि किबी किसान दङ्ग

कैलाश लामा / चरीकोट (दोलखा), पुस ८ गते । किबी जोनका रूपमा परिचित हिमाली जिल्ला दोलखामा यस वर्ष करिब तीन सय मेट्रिक टन किबी फलेको छ । प्रतिकिलो एक सय रुपियाँ मूल्य हुँदा पनि यो उत्पादन तीन करोड रुपियाँको रहेको छ । किबी जोन परियोजनाअन्तर्गतका भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशङ्कर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाका […]


विदेश जानेमा अझै अदक्ष श्रमिक धेरै

काठमाडौँ, पुस ८ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ […]


सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, पुस ८ गते । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो । आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने […]


राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश

काठमाडौँ, पुस ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter