
काठमाडौँ, माघ २७ गते । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र (लेटर अफ इन्टेन्ट) प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख […]

काठमाडौँ, माघ २४ गते । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने बताउनुभएको छ । काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उहाँले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताउनुभयो । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन […]

काठमाडौँ, माघ २४ गते । यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । समितिले आज पशुपति क्षेत्रमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले महाशिवरात्रिमा भ्रमण वर्ष प्रवद्र्धनका लागि […]

पाल्पा, माघ २३ गते । यहाँका स्थानीय बासिन्दाले वनको उचितरुपमा व्यवस्थापन गरी आम्दानी गर्न सफल बनेका छन् । निस्दी गाउँपालिका–७ ज्यामिरेस्थित मोलोग्रामका स्थानीय बासिन्दाले खरिया फँडानी गरी व्यावसायिक केराखेतीबाट आम्दानी लिन सफल भएका हुन् । वन क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी गर्न सफल भएका छन् । वनको रेखदेख भएको छ भने स्थानीय […]

काठमाडौ, माघ २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्री तथा मन्त्रालयका उच्च अधिकारीहरुलाई चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकहरूलाई स्वदेशमा ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शिवपुरी, इचगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी नेपाल आउन चाहने विद्यार्थी र […]

पोखरा, माघ २२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवम् सङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक […]

काठमाडौँ, माघ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभएको हो । मन्त्री बाँस्कोटाले गत वर्ष […]

काठमाडौँ, माघ २१ गते । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ युथ कन्क्लेभ २०२० को मूल समारोहमा युथ आइकन सम्मानसहित एक लाख नगर पुरस्कार दिइने भएको छ । यससँगै राष्ट्रिय तेक्वान्डो खेलाडी आयशा शाक्यलाई पनि विशेष सम्मान गरिँदै छ । समारोहमा प्रमुख अतिथिका रूपमा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनुवार र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

भैरहवा, माघ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर लुम्बिनीको विकासलाई सरकारले अगाडि बढाउने बताउनुभएको छ । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उहाँले यसको विकास सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । “मायादेवी, रामग्राम, […]

काठमाडौँ, माघ २१ गते । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ । डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका पुलहरूको विवरण तथा समस्या समाधानका कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । सिंहदरबारस्थित समितिको कार्यकक्षमा […]