
काठमाडौं, भदौ २८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताउनुभएको छ । जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित भवन उद्घाटन एवं सम्मान कार्यक्रममा उहाँले सरकारले ल्याउन लागेको भूमि ऐनबाट यो समस्या दीर्घकालीनरूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री अर्यालले सहकारीले रोजगारी […]

काठमाडौँ, भदौ २८ गते । गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो । “हुन नहुने घटना भएको […]

कैलाश लामा, चरिकोट, दोलखा भदौ २७ गते । हिमाली जिल्ला दोलखाको गौरीशंकर गाउँपालिकामा विश्वकै अति दुर्लभ र संरक्षित जनावर रेड पाण्डा (रातो हाब्रे) को संख्या बढेको छ । गाउँपालिकाको वडा नम्बर–७ मार्बुको कोप्लाङ, च्छोकुम, थासिङ खर्क र वडा नम्बर –६ चंखुको गोसाखर्क क्षेत्रलाई आफ्नो बासस्थान बनाएका रेड पाण्डाको संख्या हाल बढेको पाइएको हो । गौरीशंकर […]

इलाम, भदौ २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता दूरगामी सोचले गरिएको बताउनुभएको छ । इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैका सनक र लहडमा पार्टी एकता नभएको स्पष्ट गर्नुभयो । “पार्टी एकतालाई हल्का रूपमा नलिनु होला”, अध्यक्ष दाहालले भन्नुभयो, “एकता भनेको असल नेतृत्व, असल नेता […]

काठमाडौँ, भदौ २६ गते । वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडाँै उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ । मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना […]

काठमाडौँ, भदौ २६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नागरिकको स्वास्थ्यका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ । सरकारका प्रवक्ता बाँस्कोटाले मुलुकका विभिन्न भागमा फैलिएको डेँगू नियन्त्रणमा सरकार सचेत रहेको र स्वास्थ्य मन्त्रालयले यसमा गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा […]

काठमाडौँ, भदौ २५ गते । नेपाल सरकारले इन्द्रजात्रालगायत सो जात्रापर्वको सञ्चालन तथा व्यवस्थानका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ । नेपाल सरकारको भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारकासमेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा […]

डोटी, भदौ २५ गते । जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई जानुभएको छ । ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्नुहुन्थ्यो । कहिलेकाहीँ आफू घर आउँदा उहाँले […]

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला उपचारको क्रममा सिंगापुरमा उहाँको घाँटीको नसामा राखिएकोे ‘क्याथेटर’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भन्नुभयो, ‘‘मिर्गौैलामा एन्टीबडी बढेपछि त्यसको निराकरणका लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको घाँटीको नसामा राखिएको क्याथेटर निकालिएको हो, उहाँको अवस्था अहिले […]

विश्वास रेग्मी / काठमाडौँ, भदौ २४ गते । सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यमा रहेको नेपाल विदेशी पर्यटकका लागि विश्वमै सस्ता गन्तव्यका रूपमा रहेको तथ्य सार्बजनिक भएको छ । वल्र्ड इकोनोमिक फोरमले हालै सार्बजनिक गरेको ‘यात्रा तथा पर्यटन प्रतिस्पर्धी सूचक–२०१९’ प्रतिवेदन अनुसार कम खर्चमै घुमघाम गर्न सकिने देशमध्ये नेपाल पनि अगाडि रहेको देखिएको […]