
चौतारा, भदौ ११ गते । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु खेतीको सम्भावना प्रचुर रहेका कारण गत वर्षबाट किसान आलु खेतीतर्फ आकर्षित भएका थिए । जुगल गाउँपालिका–६, स्याउजेका देवीबहादुर श्रेष्ठले झण्डै यहाँबाट तीन टन आलु […]

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको सो विश्वविद्यालयको १५ औँ सभामा कुलपति ओलीले देशको सिङ्गो शैक्षिक उन्नयनमा सक्दो योगदान दिने गरी काम गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको राज्य […]

घोराही, भदौ १० गते । दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी […]

काठमाडौँ , भदौ १० गते । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । […]

काठमाडौँ, भदौ ९ गते। उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ। सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय अध्ययन कार्यको सहजीकरणसम्बन्धी छलफलमा बोल्दै उहाँले वातावरण नाश नहुने गरी विकासको गतिलाई तीव्रता दिनुपर्ने बताउनुभयो। त्यस्तै उहाँले विकास निर्माणको काममा ढिलाइ हुने अव्यवहारिक कानुनी व्यवस्था […]

काठमाडौँ, भदौ ९ गते। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर १९ लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जनाएको छ । आइतबार पत्रकारसँगको भेटघाटमा मन्त्री रामनाथ अधिकारीले देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये १९ लाख २४ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएको जानकारी गराएका हुन् । किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको […]

काठमाडौँ,भदौ ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गर्नुभएको छ । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा शनिबार आयोजित ‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट गर्नुभयो । […]

काठमाडौँ,भदौ ८ गते । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण (चैतन्यले ) बरिष्ठ लेखक झपेन्द्रराज वैद्यको कृति भद्रगोलको शनिवार विमोचन गर्नु भएको छ । बरिष्ठ लेखक एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यको बनस्थलिस्थित निवासमा शनिवार आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष किरण र लेखक वैद्यले संयुक्तरुपमा विमोचन गर्नु भएको हो । सोहि […]

काठमाडौँ, साउन ३२ गते । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को शुभारम्भ गरिएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर प्रदर्शनीको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको प्रमुख अतिथिमा उपप्रधानमन्त्री प्रकाशमान सिंह र यो प्रदर्शनीले किताबी ज्ञान […]

काठमाडौँ, साउन ३२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यवसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपक्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको […]