काठमाडौँ, असार ११ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको छ । मंगलबार बसेको नेपाल–चीन परराष्ट्र मन्त्रालय अन्तर्गत कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना, प्रवर्द्धनका साथै व्यापार, लगानी, पूर्वाधार […]
काठमाडौँ, असार ११ गते । वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका लागि दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउँदै आएको छ । इजरायलका दीर्घकालीन स्याहार […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । सोमबार आयोजित १५ औँ नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् । उनले भनिन्, ‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ […]
काठमाडौँ । सर्लाही जिल्ला अदालतले आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गरेको हो । उनको हकमा सजाय भने पछि निर्धारण गरिनेछ । बम्जनले सर्लाही र सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा आश्रम खडा गर्ने, जबरजस्ती करणी गर्ने, व्यक्ति बेपत्ता पर्ने कार्य गरेको आरोप […]
काठमाडौँ, असार ९ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो। सार्वजनिक संस्थाको सम्पत्ति हानि, नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा सञ्चारकर्मीसँग कुरा गर्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले […]
सिराज खान / नेपालगन्ज, असार ९ गते। नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो। पीडितका छोरा ललित शर्माले दिनुभएको जानकारी अनुसार लामोसमयदेखि पत्थरी भयो भन्दै प्रदेश अस्पताल सुर्खेत, लगायत […]
काठमाडौँ, असार ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण […]
काठमाडौँ, असार ८ गते। मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकबाट काठमाडौँ ल्याइएको मेलम्ची खानेपानी जुनसुकै बेला बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बर्सात धेरै भएर बाढी आउने अवस्थामा काठमाडौँ ल्याइएको खानेपानी बन्द हुने बताए । हाल आयोजनास्थल र त्यसभन्दा माथिको भागमा कर्मचारी राखेर २४ सै घण्टा बाढीको अवस्था हेरिरहेको र […]
काठमाडौँ, असार ६ गते। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताउनुभएको छ। बिहीबार टी–२० विश्वकपमा सहभागी भएर स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो। टिममा आत्मविश्वास भए पनि मैदानको स्थितिले जित हात पार्न नसकिएको उहाँको भनाइ थियो। उहाँले अमेरिका […]
काठमाडौँ, असार ६ गते । सर्वोच्च अदालतले फेवातालको फैसला कार्यान्वयन रोक्न माग गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्चले यसअघि गरेका दुई फैसला कार्यान्वयन गर्न अन्तरिम आदेश जारी नगरेपछि सरकारलाई फैसला कार्यान्वयनको बाटो खुलेको छ […]