समाचार

कुपोषण अन्त्यका लागि कर्णालीमा ‘इनफ अभियान’ सुरु

सुर्खेत, साउन ३१ गते । कर्णालीमा कुपोषण अन्त्य गर्न भन्दै ‘इनफ अभियान’ सुरु गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेलले कार्यक्रमको शुभारम्भ गरेका हुन् । कँडेलले कुपोषणको अन्त्यका लागि सबै सरोकारवालासँगको सहकार्यमा काम गरिने बताए । कुनै बेला दरबारलाई पोसिला र मूल्यवान खाद्यान्न कोसेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थितिलाई […]


वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ, साउन ३१ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी इटाली, रोमानिया र दुबई लगायतका देशहरूमा पठाउने भनी ठगी गर्ने स्थायी घर सुर्खेतको चिङगाढ गाउँपालिका वडा नं. ५ […]


दिनभर पालिका, साँझबिहान खेतबारीमा

ललित बसेल / सुर्खेत, साउन ३० गते । चिँगाड गाउँपालिका–५ का अवलचिङका खड्क चन्द गाउँपालिकाका सहकारी उद्योग शाखा प्रमुख हुनुहुन्छ । दिनभर पालिकामा आएका सेवाग्राहीलाई सेवा दिई बिहानबेलुका नजिकैको बारीमा पुगी तरकारीको हेरविचार गर्नुहुन्छ । त्यति मात्र होइन पाकिसकेका तरकारीको बजारीकरण गर्न सदरमुकाम वीरेन्द्रनगरसहित यताउता खटिनुहुन्छ । पालिकाको उद्योग र सहकारी शाखाबाट यससम्बन्धमा सेवा दिने […]


राधाकृष्ण भगवान‍्को नाममा ३३ रोपनी सरकारी जग्गा हडपियो, अदालतमा पुग्यो मुद्दा

काठमाडौँ , साउन ३० गते । श्री राधाकृष्ण भगवान् र नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत नाम गरिएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले करिब ३३ रोपनी सरकारी जग्गा हडपेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त संस्थाले सरकारी जग्गा हडपेको तर सरोकारवालामार्फत हडपिएको जमिन खाली गर्न अनुरोध गर्दासमेत विपक्षीले […]


युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उहाँले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहित विकासको गति बढाउन सरकार क्रियाशील रहेको बताउनुभयो । देशमा रोजगारीका अवसर नहुँदा युवा वर्ग बिदेसिने क्रम […]


सर्वोच्चले दियो बद्री केसीलाई एनआरएनए अध्यक्षको मान्यता, अघिल्लो फैसला के हुन्छ ?

काठमाडौँ, साउन २९ गते । सर्वोच्च अदालतले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिने फैसला गरेको छ । एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने […]


उपनिर्वाचनबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौँ, साउन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री […]


पुँजीगत खर्च वृद्धि गर्न र अनावश्यक निकाय कटौती गर्न जोड

काठमाडौँ, साउन २८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा बढी खर्च गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयमा आज आयोजित गत आर्थिक वर्ष २०८०/८१ का कार्य प्रगतिबारे समीक्षा कार्यक्रममा […]


च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत, साउन२७ गते । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उहाँ बताउनुहुन्छ । “च्याउखेतीबाट […]


स्वास्थ्यमन्त्रीका प्राथमिकता : सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रम बिमाको छाताभित्र राखिने

काठमाडौँ, साउन २७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सुधारका लागि कार्ययोजना सार्वजनिक गर्नुभएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले कार्ययोजना सार्वजनिक गर्नुभएको हो। मन्त्रीको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीति र १६ औँ योजना तथा दिगो विकास […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter