
काठमाडौँ, साउन २६गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ । ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया र परोपकार भाव धेरै आवश्यक […]

राधा लुइटेल / फिदिम, साउन २६ गते। फिदिम नगरपालिकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा बिरुवा रोपिएको छ। नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार नगर क्षेत्रलाई फलफूलमा आत्मनिर्भर गर्ने उद्देश्यले यत्तिका […]

काठमाडौं, २५ साउन । देशभर साढे ३१ हजार बालबालिका घरमुलीको भूमिकामा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । तथ्यांक अनुसार अहिले नेपालमा ३१ हजार ५१२ जना […]

काठमाडौँ, साउन २५ । सरकारले प्रदान गर्ने रासायनिक मल वितरणबारे जानकारी दिनका लागि कल सेन्टर स्थापना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउनका लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउन कल सेन्टरको स्थापना गरिएको हो । मन्त्रालयका सहसचिव तथा […]

काठमाडौँ, साउन २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देश गर्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा […]

अर्जुन काफ्ले / स्याङ्जा, साउन २४ गते । वालिङ नगरपालिका–८ को साइनभिलेज इन्टरनेशनल एकेडेमीले सडक नाटक प्रदर्शनीबाट सङ्कलन भएको रकम वृद्धाश्रमलाई सहयोग गरेको छ । विद्यालयले गल्याङ नगरपालिका–१ को राम्दी वृद्धाआश्रमलाई २१ हजार पाँचसय रुपियाँ नगद र १३ हजार ९३५ रुपियाँ बराबरको खाद्यान्न (जिन्सी) सहयोग गरेको हो । ज्येष्ठ नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले साउन […]

राधा लुइटेल / फिदिम, साउन २३ गते । पाँचथरको हिलिहाङ ७ का किसानले लगाएको सिउडी फल पाकेर त्यहाँका बगैचा राताम्य भएका छन् । यो फल ड्रागन फ्रुट नामले चिनिन्छ । यहाँका फणिन्द्र रिजाल र ओमनाथ रिजालले लगायतका किसानले तीन वर्ष अघि परीक्षणका लागि लगाइएको ड्रागन फ्रुटको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो […]

नुवाकोट, साउन २३ गते । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा जलेको अवस्थामा भेटिएको हेलिकप्टरबाट एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । हेलिकप्टरमा सवार पाँच जनामध्ये चार जना चिनियाँ नागरिक भएको खुलेको छ । काठमाडौँबाट रसुवाको […]

काठमाडौँ, साउन २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको […]

काठमाडौँ, साउन २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि मन्त्रालयले गरिरहेको काम र आगामी योजना सार्वजनिक गर्दै द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ । साथै मन्त्रालयले हैजा प्रभावित क्षेत्रमा नियमित केस अनुसन्धान, बिरामीहरूको सक्रिय खोजी र केसको […]