समाचार

बजार पाउँदै बागलुङको किबी

गलकोट, मङ्सिर २९ गते । अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायतका स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्तरुपमा उत्पादन हुने किबी महङ्गो फलमध्येको पर्दछ । निसिखोला गाउँपालिका–४ थापागाउँका […]


मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

ललितपुर, मङ्सिर २९ गते । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उहाँले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताउनुभयो । “स्वतन्त्र भएर मानव […]


आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’

अमरराज नहर्की / चुँदी रम्घा (तनहुँ), मङ्सिर २८ गते । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखर कटेरीमा रामायण भवन निर्माण गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी निर्माण तिब्र पारी भवन निर्माण पूरा गरिएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । भवन निर्माण पूरा भए पनि भवनको भित्तामा रामायणमा […]


इथियोपियाली विज्ञद्वारा नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययन

काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ । साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका […]


काठमाडौं महानगरले सडक मानवमुक्त अभियान घोषणा गर्ने

काठमाडौँ, मङ्सिर २७ गते । काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियान घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवसरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियान घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले […]


‘आर्थिक वृद्धिदर संशोधन भएको छैन’

काठमाडौँ, मङ्सिर २७ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कुनै संशोधन नभएको स्पष्ट पार्नुभएको छ । अहिलेसम्म वृद्धिदर संशोधन गर्ने विषयमा कुनै पनि तयारी नभएको उहाँले जानकारी दिनुभएको हो । बिहीबार विश्व बैङ्कको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले बाहिर हल्ला भएजस्तो आर्थिक वृद्धिदरको लक्ष्य कम नगरिएको उहाँले बताउनुभयो […]


कर्णालीका सुत्केरीलाई ‘कोसेली’

वीरेन्द्रनगर, मङ्सिर २६ गते । कर्णाली प्रदेशका स्वास्थ्य संस्थामा प्रसूति हुनेले पोषणबापत रु दुई हजार रकम पाउने भएका छन् । योसहित कर्णाली प्रदेशका सुत्केरी आमाले अबदेखि स्वास्थ्य संस्थामा प्रसूति हुन आएमा रु चार हजार ८०० पाउने व्यवस्था गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले यही मङ्सिरदेखि लागू गरेको ‘सुत्केरी पोषण कोसेली’ कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आउने […]


ट्राफिक व्यवस्थापन सुरक्षित र मर्यादित बनाउन तालीम

काठमाडौँ, मङ्सिर २६ गते । काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालीम दिने भएको छ । सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरुलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब दुई हजार ५०० सवारी चालकलाई तालीम दिइने महानगरपालिकाले जनाएको छ । तालीममा उहीहरुलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ […]


नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी शुरु

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएका जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो । सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरेको सडक […]


स्रोतमा नै फोहर छुट्याउँदै कामपा

काठमाडौँ, मङ्सिर २५ गते । काठमाडौँ महानगरपालिकाले फोहरको अन्तिम व्यवस्थापन स्थानसम्म पु¥याउनका लागि स्रोतमा नै फोहरको वर्गीकरण गरी लैजाने भएको छ । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगरी व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter