समाचार

ऋण असुली न्यायाधीकरणमा नरेशराज अर्याल पुनः नियुक्त

काठमाडौं, पुस १७ गते । मन्त्रिपरिषदको बैठकले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई आगामी पाँच वर्षको लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् पुस १४ गते बसैको मन्त्रिपरिषद् बैठकले लिएका निर्णय सार्वजनिक गर्नुभएको हो । यसैगरी, पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति अनुसार […]


अनधिकृत राखिएको पोस्टर हटाइँदै

काठमाडौँ, पुस १७ गते । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाहीस्वरुप रु एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि शुरु गरेको हो । विभिन्न स्थानमा नियम विपरीत राखिएको पर्चा र सामग्री […]


बालबालिका लक्षित कार्यक्रम प्रभावकारी : प्रधानमन्त्री ओली

काठमाडौँ, पुस १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उनले बताए । ‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार […]


कार्बन व्यापारको आम्दानी ग्यास उत्सर्जन नहुने वैकल्पिक मार्गमा लगानी

हेमन्त केसी / काठमाडौँ, पुस १६ गते । विश्व बैंकअन्तर्गतको कार्बन कोषले नेपाललाई दिने रकमबाट नेपालमा प्रदूषण कम हुने वैकल्पिक विधिमा खर्च गर्न लागिएको छ । उक्त रकम जलवायु परिवर्तनको मारमा परेका जिल्लामा लगानी गरी त्यहाँको समस्या हल गर्न लागिएको हो । वातावरण प्रदूषणलगायतका अन्य समस्या समाधान गर्न वन तथा वातावरण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत मुख्य […]


कर्णालीमा भ्रमण वर्ष २०२० को तयारी पूरा

सुर्खेत, पुस १५ गते । कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद […]


चिनिमिल संचालकलाई सम्पर्कमा ल्याउन गृहकाे परिपत्र

काठमाडौं,पुस १५ गते । कृषि र उद्योग वाणिज्य मन्त्रालयले पटक पटक ताकेता गर्दा पनि उखु किसानलाई समयमै रकम भुक्तानी नगर्ने चिनिमिल संञ्चालकलाई सम्पर्कमा ल्याउने गृह मन्त्रालयलाई अनुरोध गरेपछि गृहमन्त्रालयले चिनिमिल संचालकलाई सम्पर्कमा ल्याउने व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । सोमबार कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृह मन्त्रालयसँग चिनिमिल सञ्चालकलाई सम्पर्कमा ल्याउने व्यवस्था […]


सेनिटरी प्याड वितरणका लागि छुट्याइएको बजेट अन्यत्र प्रयोग नगरौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, पुस १४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निः शुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे । सेनिटरी प्याडको अभावमा छात्राहरुको […]


जनताको आवाजलाई निष्पक्ष रूपमा प्रवाह गर्नुहोस् : सञ्चारमन्त्री

लम्की, पुस १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताउनुभएको छ । कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गर्नुभयो । सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो […]


दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ

काठमाडौँ, पुस १३ गते । झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका साना क्षमताका प्रिन्टरमार्फत यो सङ्ख्यामा छपाइ भइरहेको हो । केही दिनपछि नै दैनिक तीन […]


चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

रमेश लम्साल / काठमाडौँ, पुस १३ गते । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ । पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंकले विद्युतीय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter