
विराटनगर, साउन १५ गते । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ । बैठकले केन्द्रबाट आएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७५ र प्रदेशमुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन–२०७५ लाई प्रदेशसभामा पेश गर्नेलगायत विभिन्न १२ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]

काठमाडौँ, साउन १५ गते । नेपाल पत्रकार महासङ्घले पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै शुक्लागण्डकी नगरपालिका तनहुँकी उपप्रमुख सविता रसाइलीसीले पत्रकार सम्मेलनमार्फत पत्रकारमाथि गरेको दुव्र्यवहारको घटनाप्रति ध्यानाकर्षण जनाउँदै पत्रकारको पेशा तथा जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको […]

काठमाडौँ, साउन १४ गते । मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । “उक्त प्रणाली विस्तारै नेपालसम्म आइपुग्न अझै तीन– चार दिन लाग्ने भएकाले तत्काल मनसुन […]

शिवराज ढुङ्गाना / मङ्गलसेन, साउन १४ गते । गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएका हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ । पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न […]

काठमाडौँ, साउन १३ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो […]

काठमाडौं, साउन १३ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा उर्तीण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । नियमित तर्फ परीक्षामा सहभागी दुई लाख ९२ हजार १५३ विद्यार्थी मध्ये सबै भन्दा माथिल्लो जीपीए अर्थात् ३.६१ देखि ४.०० सम्म ल्याउने विद्यार्थी जम्मा तीन हजार ६७ रहेको छ । ३.२१ देखि ३.६० […]

भरत प्रधान / लिस्बन, साउन १२ गते । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन […]

देवबहादुर कुँवर / काठमाडौँ, साउन १२ गते । कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको रहस्यमय हत्या घटनाका दोषी पत्तालगाउन नसकेको आरोप खेपिरहेको नेपाल प्रहरी अन्तर्राष्ट्रिय सूचकाङ्कमा भने दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ । निर्मलाको रहस्यमय हत्या भएको एक वर्ष पूरा भएको छ तर प्रहरीको अनुसन्धानले अपराधी नजिक पुगेको दाबी गरे पनि नतिजा केही देख्न सकिएको छैन […]

काठमाडौँ, साउन ११ गते । आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ? परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका डा. कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा […]

रसुवा , साउन ११ गते । विनाशकारी भूकम्पका कारण विस्थापित भएका ६१९ परिवारलाई आवास निर्माणका लागि सरकारी अनुदानबाट घडेरी खरिद गरी लालपुर्जा प्रदान गरिएको छ । आफ्नो स्वामित्वमा रहेको जग्गामा आवास निर्माणका लागि असुरक्षित भएकोले त्यस्ता लाभग्राही परिवारलाई सरकारले राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमार्फत घडेरी खरिद गर्न दुई लाख रुपियाँ अनुदान दिने नीति अनुरुप घडेरीको पुर्जा समेत […]