
काठमाडौँ, जेठ ५ गते । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभएको छ । आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उहाँले […]

काठमाडौँ, जेठ ५ गते । देशमा सुशासन कायम गर्न कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभागिताको खाँचो औँल्याइएको छ । महालेखा परीक्षकको कार्यालय, हेल्भेटास, स्काई समाज नेपाललगायतका संस्थाले आयोजना गरेको अन्तरक्रियामा वक्ताले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा नागरिक समुदायलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिइएको हो । महालेखा परीक्षक टङ्कमणि शर्माले गत आर्थिक वर्षमा राष्ट्रपति कार्यालयदेखि सरकारी कार्यालय तथा मन्त्रालयलगायत […]

भरतपुर,जेठ ५ गते । गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको सङ्ख्या वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको सङ्ख्या बढेको पाइएको हो । चैतदेखि नेपालमा भारत, श्रीलङका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको वर्ड एजुकेशन सोसाइटीका पूर्व […]

अर्जुन काफ्ले / स्याङ्जा, जेठ ३ गते । पछिल्लो समय स्याङ्जामा विदेशिएका युवा स्वदेश फर्केर बाख्रापालनमा लागेका छन् । सात वर्षसम्म दुबईमा काम गरेर फर्कनुभएका भीरकोट नगरपालिका ३ रानीडाँडाका केशरजङ्ग अधिकारीले लेकाली बाख्रा फार्ममार्फत व्यावसायिक बाख्रापालन गर्नुभएको हो । दुबईमा रहँदा दुबो खुवाएर बाख्रा पालेको देखेपछि उहाँले नेपालमै आएर बाख्रापालन गर्ने सोच बनाएको बताउनुभयो । […]

भक्तपुर, जेठ ४ गते । काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन । राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द लिने इच्छा कसलाई पो नहोला । त्यसको लागि उपयुक्त गन्तव्य नगरकोट नै हो । रमणीय वातावरण, डाडाँकाडा र त्यहाँबाट देखि हिमशृङ्खलाका मनोरम […]

काठमाडौँ, जेठ ४ गते । पदार्थ विज्ञान र नानोटेक्नोलोजीबारे अन्तर्राष्ट्रिय अनुभव आदनप्रदान गर्ने उद्देश्यले ‘पोलिमर अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन–२०१९’ काठमाडौँमा आयोजना गरिने भएको छ । पोलिचार विश्व वैज्ञानिक सञ्जाल (प्रेसिडेन्ट प्रा जन मार्ग साइटर) को आयोजनामा पाँच दिनसम्म हुने सम्मेलनमा २३ देशका १५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । […]

काठमाडौँ, जेठ ३ गते । नेपालमा पाइने बहुमूल्य रत्न, आभूषणको सम्भावना उजागार तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो–२०१९’ आयोजना गरिएको छ । खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले संयुक्तरुपमा लैनचौरस्थित खानी तथा भू–गर्भ विभाग परिसरमा आयोजना गरेको उक्त एक्स्पोमा नेपालमा पाइने बहुमूल्य रत्न, आभूषण, परम्परागत […]

काठमाडौँ, जेठ ३ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुनेछ भन्नुभयो । कुष्ठ प्रभावितको पुनर्स्थापनामा […]

काठमाडौँ, जेठ २ गते । सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्रमा नेपालीकरण गर्ने कार्य रोक्दा सेवाग्राही मर्कामा परेका छन् । यो सेवा बन्द भएको जानकारी नहुँदा दैनिक सेवाग्राही कार्यालय आएर दुःख पाउने गरेका छन् । सरकारले गत भदौमा यो सेवा बन्द गरे पनि दैनिकजसो सेवाग्राही आइरहेको एकान्तकुनास्थित प्रदेश नं ३ यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयले […]

काठमाडौं, जेठ २ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम तालमेलको सफलतासँगै एकीकृत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा तल्लो तहसम्मको एकता पूर्ण नहुँदा वैचारिक र साङ्गठनिक शिथिलता देखिएको छ । मुलुकका क्रियाशील दुई ठूला कम्युनिष्ट पार्टी तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएको एक वर्ष व्यतीत हुँदा प्रदेश र जिल्ला […]