समाचार

गरीबमुखी नीति तथा कार्यक्रम बनाउँदैछौ : मन्त्री केसी

सुर्खेत, जेठ ९ गते । कर्णाली प्रदेश सरकार आागामी आव २०७६÷७७ को नीति तथा कार्यक्रम निर्माणको व्यापक तयारीमा जुटेको छ । आगामी आवमा यहाँका जनताको वास्तविक आवश्यकतालाई सम्बोधन हुने खालको नीति तथा कार्यक्रम ल्याउने उद्देश्यले दुर्गम जिल्लामा पुगेर जनताको सुझाव लिइएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले राससलाई जानकारी […]


३० प्रतिशत खोकनावासीले लिए मुआब्जा

काठमाडौं, जेठ ८ गते । ललितपुर महानगरपालिका वडा नं २१ खोकनाका केवल ३० प्रतिशत जनताले मात्र जग्गाको मुआब्जा लिएका छन् । सरकारले यस क्षेत्रमा अघि बढाएका ६ योजना द्रुतमार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, सुख्खा बन्दरगाह, १३२ केभीको विद्युत् प्रसारणलाइन र स्मार्ट सिटी निर्माणको आयोजना सो क्षेत्रमा निर्माण हुँदैछ । विसं २०७२ को भूकम्पले घर भत्कााएका, […]


सिंहदरबारको झल्को दिँदै गाउँपालिका

राँझा, जेठ ७ गते । गाउँमै सरकारी सेवा सुविधा सहज रुपमा पाउन थालेपछि स्थानीयवासीले सिंहदरबार अब गाउँमै पुगेको अनुभूति गर्न थालेका छन् । सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि बाँकेका जानकी गाउँपालिकाका स्थानीयवासीले सिंहदरबार गाउँमै पुगेको अनुभूति गर्न थालेका हुन् । “सार्वजनिक सेवा सुविधा लिनका लागि यसअघि सदरमुकाम नेपालगञ्ज धाउनुपर्ने अवस्था थियो, […]


आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी छ – अध्यक्ष दाहाल

काठमाडौं, जेठ ८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताउनुभएको छ । आज आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सुगसँग भएको भेटमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम भएको […]


जागीरभन्दा ब्युटी पार्लरबाट राम्रो कमाइ

परशुरामधाम, जेठ ७ गते । अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी । उनी विगत […]


एबिसीमा पुनर्निर्माणले गति लियो

पोखरा, जेठ ७ गते । अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् । गत फागुन दोस्रो सातापछि पनि पटकपटक हिमपात परेका कारण स्थानीयवासीले अपेक्षाकृत पुनर्निर्माण कार्यलाई चाँडो गर्न नसकेको स्थानीय समाजसेवी एवम् अन्नपूर्ण […]


लागुऔषध नियन्त्रण मार्गदर्शन: स्थानीय तहबाटै नीति र योजना

काठमाडौँ, जेठ ७ गते । सङ्घीय राज्य प्रणालीअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने सरकारी नीति अनुरुप अब स्थानीय तहले लागुऔषध नियन्त्रण सम्बन्धीको थप महत्वपूर्ण जिम्मेवारी पाएको छ । लागुऔषध नियन्त्रण ऐन २०३३ ले दण्डनीय गरेको लागुपदार्थ ओसारपसार, बिक्री वितरण प्रयोग र सञ्चय जस्ता गतिविधि नियन्त्रणका लागि स्थानीय तहले नै कार्याक्रम सञ्चालन गर्ने गरी सरकारले ‘मार्गदर्शन’ तयार […]


राष्ट्र बैंकको निर्देशनः एटिएम मेसिनमा नेपाली भाषा राख

काठमाडौँ, जेठ ६ गते । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला । निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने […]


गाउँमा बिजुली पुगेपछि ३५ घरधुरीमा खुशियाली

वालिङ, जेठ ६ गते । लामो समयको प्रतिक्षापछि बिजुली पुगेपछि यहाँको गाउँमा खुशी छाएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि स्थानीय ३५ घरधुरीमा खुशियाली छाएको हो । चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा छिमेकी जिल्ला पाल्पाको रामपुर र अर्को छिमेकी जिल्ला तनहुँको भिमाद नगरपालिकाको डुम्रेबँेसीमा बलेको […]


हिल्साका लागि एक दिनमा २२ वटा उडान

सिमकोट जेठ ६ गते । मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएपछि आईतबार एक दिनमा हिल्साका लागि सिमकोटबाट २२ उडान हेलिकोप्टरले भरेका छन् । एक दिनमा नेपालगंजबाट सिमकोटका लागि १९२ जना भारतीय पर्यटकहरु जिल्लामा आएपछि हेलिकोप्टरले यति धेरै उडान भरेका हुन । दुई दिनमा हवाई मार्गबाट २५४ जना पर्यटकहरु जिल्लामा भित्रिएकोमा १२५ जनालाई […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter