विराटनगर, चैत २ गते । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ । नेपाल दशनामी समाजको पाँचाँै राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सन्यास प्रमुख जीवनशैली रहेको यो समाजले आफ्नो पहिचान र अधिकारका लागि निकै सङ्घर्ष गरेको चर्चा गर्नुभयो । हिंसामुक्त समाज […]
काठमाडौँ, चैत २ गते ।नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र […]
काठमाडौँ, चैत १ गते । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर […]
काभ्रेपलाञ्चोक, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।” […]
भीमदत्तनगर, चैत १ गते । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन । वन्यजन्तुको वासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षमा ६० वटा कृतिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । ताल निर्माणका […]
दुल्लु, फागुन ३० गते । सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र […]
काठमाडौँ, फागुन ३० गते । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो । विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज […]
काभे्रपलाञ्चोक, फागुन २९ गते । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आजका बालबालिका भविष्यको योग्य नागरिक बन्नुपर्ने बताउनुभएको छ । धुलिखेल नगरपालिका–६ बड्खेलमा आज सिद्धार्थ बालगृहको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा भन्नुभयो, “भाइबहिनी तपाईँहरु असल नागरिक बनेर देशको सेवामा लाग्नुपर्छ, यसका लागि समयसापेक्ष राम्रो अध्ययन आवश्यक हुन्छ ।” उहाँले समाजलाई सकारात्मक दिशातर्फ लैजान पनि असल नागरिकको खाँचो […]
विराटनगर, फागुन २९ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री […]
दार्चुला, फागुन २८ गते । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ । गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो । “र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको […]