समाचार

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ, चैत ७ गते । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले […]


परिवार नियोजन सेवामा निजी संस्थासँग साझेदारी गरिने

काठमाडौँ, चैत ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परिवार नियोजन सेवामा पहुँच सुनिश्चित गर्न विद्यालय तहको पाठ्यक्रममा बृहत्तर यौनिकता विषयको शिक्षा समावेश गर्न तथा प्रदेश र स्थानीय तहको समन्वयनमा हरेक विद्यालयमा नर्स राख्ने कार्यक्रम अगाडि सारेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो तहमा सो विषय समावेश गर्न पाठ्यक्रम तयार गरिसकेको र प्रदेश […]


पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन

काठमाडौँ, चैत ६ गते । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई आज अभिनन्दन गरेको छ । विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले अभिनन्दन गरेको हो । निबन्धकार शङ्कर लामिछानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्व प्रधानमन्त्री चन्दलाई अभिनन्दन गर्नुभयो । सो […]


युवाको विकास र परिचालनमा जोड

काठमडौँ, चैत ५ गते । युवा तथा खेलकूद मन्त्रालयले युवाको क्षमता, नेतृत्व विकास, रोजगार÷स्वरोजगार र उद्यमशीलता कार्यक्रम सञ्चालन गरी युवाको विकास र परिचालनमा उल्लेख्य काम गरेको जनाएको छ । विगत एक वर्षको अवधिमा मन्त्रालयले गरेको उपलब्धि सार्वजनिक गर्दै राष्ट्रिय युवा नीति २०७२ तथा युथ भिजन २०२५ ले निर्देशन गरेअनुसार युवामैत्री विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी […]


बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

काठमाडौँ, चैत ५ गते । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन […]


काठमाडौँमा युथ कन्क्लेभमा पारस खड्कालाई १ लाख सहित सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई आज काठमाडौँ युथ कन्क्लेभ २०१९ मा एक लाख रूपैयाँ सहित सम्मान गरिएको छ । यससँगै उनलाई युथ आइकन २०१९ पनि घोषणा गरिएको छ । क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै केही गर्न र सफल हुन सकिन्छ भनी प्रेरित गरी युवा क्षेत्रमा योगदानका बापत् उनलाई सम्मान प्रदान गरिएको […]


नयाँ निजी विद्यालय सञ्चालनको अनुमति नदिइने

ललितपुर, चैत ४ गते । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई […]


डिजिटल नेपाल निर्माणमा प्राधिकरणको भूमिका महत्वपूर्ण – मन्त्री बाँस्कोटा

काठमाडौँ, चैत ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको अवधारणा ल्याएकोले त्यसको नीतिसहित पूर्वाधार निर्माणको नेतृत्व गर्न र यस क्षेत्रमा देखिएका बेतिथिलाई रोक्न प्राधिकरणको भूमिका महत्वपूर्ण […]


सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, चैत ४ गते । पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । पछौटेपन […]


दिगो विकास समितिले प्रदेशस्तरमा अनुगमन गर्ने

काठमाडौँ, चैत ३ गते । दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ । त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter