समाचार

प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

हनोइ, वैशाख २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले […]


पश्चिमी वायुको प्रभावले सोमबारसम्म वर्षाको सम्भावना

काठमाडौँ, वैशाख २८ गते । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको […]


धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्छ : नेता खनाल

काठमाडौँ, वैशाख २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएको छ । श्री पशुपतिनाथ एवं वाग्मती गङ्गा आरती सेवा समिति नेपालद्वारा आज यहाँ आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उहाँले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनःसंरचनासँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताउनुभयो । “सेवा समितिले पशुपतिमा […]


छात्रवृत्तिको परीक्षामा आठ सय विद्यार्थी सहभागी

भक्तपुर, वैशाख २८ गते । नयाँ व्यवस्था अनुसार देशभरमै पहिलो पटक मध्यपुरथिमि नगरपालिकाले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन गरेको छ । स्थानीय सरकारको मातहतमा प्रदान गरिने छात्रवृत्ति वितरणका लागि नगरपालिकाले आज कौशल्टारस्थित जनप्रेमी माध्यामिक विद्यालयमा छात्रवृत्तिको परीक्षा सञ्चालन गरेको हो । नगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका संयोजक मदनसुन्दर […]


पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित

बाँके, वैशाख २७ गते । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम […]


विश्व स्वच्छ व्यवसायी दिवस, ‘उचित व्यापार अभियान’

काठमाडौँ, वैशाख २७ गते । विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ । उक्त दिवसका दिन स्वच्छ […]


युद्ध सङ्ग्रहालयको डिपिआर बनाइँदै

चितवन, वैशाख २७ गते । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं ८स्थित गैरीबारीमा सङ्ग्रहालय बनाउने तयारी भएको र यसका लागि आवश्यक पर्ने जग्गा प्रतिवेदनमा […]


एक हजार युवालाई एक अर्ब रुपियाँ ऋण लगानी गरिने

सविता शर्मा / काठमाडौँ, वैशाख २६ गते । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कुनै उद्योग÷व्यवसाय सुरु गर्न चाहने एक हजार युवालाई एनएमबी बैङ्कले एक वर्षमा एक अर्ब रुपियाँ लगानी गर्ने भएको छ । युवालाई स्वदेशमै स्वरोजगारको वातावरण तयार गर्न सहज कर्जा प्रवाहका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रिय युवा परिषद्को पहलमा बैङ्क, रिटर्नी माइग्रेण्ट […]


समाजमा सुशासन कायम नभई विकास निर्माणले गति लिन नसक्ने – मुख्यमन्त्री गुरुङ

काठमाडौँ, वैशाख २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्ला समन्वय समितिले समन्वय र अनुगमन मात्र नभई मुलुकमा सुशासन कायम गर्न पनि भूमिका निभाउनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण एवं भेलाको उद्घाटन गर्दै उहाँले समाजमा सुशासन कायम नभई विकास निर्माणले गति लिन नसक्ने […]


‘सेवा समूह क्लष्टर’ पुनर्लेखन गर्न निर्देशन

काठमाडौँ, वैशाख २६ गते । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सेवा समूहको क्लष्टर स्पष्ट नभएको भन्दै पुनर्लेखन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा सांसदहरुले विधेयको दफा ४ मा रहेको ‘सङ्घीय निजामती सेवाको गठन’अन्तर्गतका सेवा समूहसम्बन्धी प्रावधान स्पष्ट नभएकाले […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter