समाचार

छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन

मार्तडी, चैत ११ गते । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं. ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने कार्यक्रम अगाडि सारेको छ । त्यसका लागि वडाका प्रत्येक टोलमा आज स्थलगत अनुगमन गरिएको वडाध्यक्ष विनोदकुमार विकले जानकारी दिनुभयो । सो वडास्थित चौराटा हुँदै रतुडासम्म स्थलगत […]


विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याइने

काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए […]


सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र

काठमाडौँ, चैत १० गते । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ । सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आज सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले उद्घाटन गर्दै विशेषगरी महिला कर्मचारीहरु सुत्केरी बिदा सकिएपछि शिशुलाई कसरी हुर्काउने भन्ने समस्याबाट चिन्तित हुने र शिशु घरमै भएपछि […]


हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगराैँ – सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, चैत ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो ः नीतिगत बहस’ कार्यक्रममा आज उहाँले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता […]


राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन – मन्त्री थापा

काठमाडौँ, चैत ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै […]


उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन…

काठमाडौँ, चैत ९ गते । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियानको ३०६औँ हप्तामा टेकू […]


‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ बहुमतले पारित

काठमाडौँ, चैत ८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । संशोधन प्रस्तावकर्ता सांसद राधेश्याम अधिकारीले राख्नुभएको प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले सो विधेयक पारित गभएको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गर्नुभएको थियो । विधायन व्यवस्थापन समितिका […]


भृकुटीमण्डपमा पुष्प मेला शुरु

काठमाडौँ, चैत ८ गते । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उहाँले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो । मेलामा मौसमी […]


कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

बाजुरा, चैत ८ गते । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक बिहीबारदेखि सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका सडक सञ्जालमा जोडिएको […]


सबै विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ, चैत ७ गते । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter