समाचार

चैत ५ गते काठमाडौं युथ कनक्लेभ–२०७५ हुने

काठमाडौं, चैत ३ गते । ‘काठमाण्डौ युथ कनक्लेभ’ चैत्र ५ गते काठमाण्डौँमा आयोजना हुने भएको छ । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाण्डौ मोडेल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा यही चैत्र ५ गते प्रज्ञा भवन, कमलादी, काठमाण्डौमा ‘‘काठमाण्डौ युथ कनक्लेभ–२०७५” हुने भएको हो । आइतबार रिपोर्टर्स क्लबमा आयोजक कलेजका […]


तोकिएको अवधिभन्दा पहिले पुल सम्पन्न

काठमाडौँ, चैत ३ गते । देशभरका झण्डै आधादर्जन सडकमा पर्ने पक्की पुल ठेक्का सम्झौतामा तोकिएको अवधिभन्दा पहिले नै सम्पन्न भएका छन् । काम गर्ने ठाउँमा अवरोध नहुँदा र ठेकेदारले नियमित रुपमा काम गर्दा यी पुलको निर्माण समयभन्दा पहिले सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले बताएको छ । सिन्धुली जिल्लामा रहेको कमला नदी पुल, मरिण […]


सामाजिक सुरक्षा योजनाः रोजगारदाताको सहभागिता निराशाजनक

काठमाडौँ, चैत २ गते । आर्थिक तथा सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन भन्दै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाप्रति रोजगारदाताको सहभागिता निराशाजनक रहेको छ । सामाजिक सुरक्षा योजना कार्यान्वयनमा विभिन्न नीतिगत अस्पष्टता देखिएको भन्दै व्यवसायीले योजना कार्यान्वयनका लागि आवश्यक ठानिएको रोजगारदाता सूचीकरण प्रक्रियामै अलमल गर्दै आएका छन् । सरकारले योजना सार्वजनिक […]


‘संविधानले सबैका अधिकार सुनिश्चित’

विराटनगर, चैत २ गते । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ । नेपाल दशनामी समाजको पाँचाँै राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सन्यास प्रमुख जीवनशैली रहेको यो समाजले आफ्नो पहिचान र अधिकारका लागि निकै सङ्घर्ष गरेको चर्चा गर्नुभयो । हिंसामुक्त समाज […]


मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ ः नेता महत

काठमाडौँ, चैत २ गते ।नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र […]


आगामी वर्ष १५ दिन सार्वजनिक बिदा

काठमाडौँ, चैत १ गते । सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो । पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर […]


विकासको गतिले तीव्रता पायो : प्रधानमन्त्री ओली

काभ्रेपलाञ्चोक, चैत १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडाँै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताउनुभयो । उहाँले भन्नुभयो, “विकासका सबै संयन्त्र प्रयोग गरी अगाडि बढिरहेका छौँ, हामी मुलुकलाई समृद्ध बनाउन प्रयासरत छौँ ।” […]


शुक्लाफाँटामा ६० पोखरी निर्माण

भीमदत्तनगर, चैत १ गते । वन्यजन्तुको पानीको प्यास मेटाउन कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा कृतिम ताल (पोखरी) निर्माण हुदैछन । वन्यजन्तुको वासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षमा ६० वटा कृतिम ताल निर्माण हुने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । ताल निर्माणका […]


राउटे चेक साट्न बैंकमा

दुल्लु, फागुन ३० गते । सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र […]


‘साना कुरामा ध्यान दिए पनि मिर्गौलासम्बन्धीको रोग लाग्दैन’

काठमाडौँ, फागुन ३० गते । सामान्यरुपमा खानपान तथा व्यायाममा ध्यान दिनसके मिर्गौलासम्बन्धीको रोग नलाग्ने चिकित्सकले बताएका छन् । उच्च रक्तचाप र मधुमेह भएका बिरामीलाई मिर्गौलासम्बन्धीको रोग लाग्ने सम्भावना अधिक हुने भएकाले साना कुरामा ध्यान दिनसके पनि रोगबाट बच्न सकिने मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताउनुभयो । विश्व मिर्गौला दिवसका अवसरमा नेपाल किड्नी फाउण्डेसनद्वारा आज […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter